
काठमाडौँ, असोज २० । नेपाल पर्वतारोहण संघ (एनएमए) को पहलमा ४६ वर्षीय कोरियाली नागरिक ताइजुन पार्कको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। अत्यधिक मौसम खराबीका कारण बेपत्ता भएका उनी मेरा पिक क्षेत्रको चुचुरोभन्दा करिब ३ सय मिटर तल फेला परेका थिए।
एनएमएको समन्वयमा आइएफएमजीए/एनएनएमजीए माउन्टेन गाइड रितेन टासी शेर्पा र अशिष गुरुङलाई खोज तथा उद्धार अभियानका लागि पठाइएको थियो। खोज अभियानका क्रममा हिजो शेर्पा गाइड तेम्बा शेर्पा सकुशल फेला परे पनि पार्कको मृत्यु भएको पुष्टि भएको एनएमएका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा सचिवालयले जनाएको छ।
अक्टोबर ६ मा उद्धार टोलीले हेलिकप्टरमार्फत शवलाई चुचुरोभन्दा ३ सय मिटर तलको स्थानबाट उठाएर काठमाडौँ ल्याएको थियो । यसअघि लुक्लातर्फ उडान भए पनि निरन्तर मौसम खराबीका कारण उद्धार कार्यमा चुनौती आएको थियो।
शनिबार मौसम बिग्रिएपछि मेरा हाईक्याम्प र मेरा पिकको चुचुरोभन्दा करिब ३ मिटर तलको बीच क्षेत्रमा कोरियन नागरिक पार्क र शेर्पा गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए।


Leave a Reply