2025-10-08

बायोमासबाट उत्पादित हाइड्रोजन प्रभावकारी विकल्प हुनसक्ने: अध्ययन 

हाइड्रोजन इन्धनले कार्बन डाइअक्साइड उत्सर्जन नगरी ऊर्जा प्रदान गर्ने भएकाले अर्थतन्त्रलाई कार्बनमुक्त बनाउने सम्भावनायुक्त विकल्पको रूपमा हेरिएको छ। 

हाल अधिकांश हाइड्रोजन प्राकृतिक ग्यासबाट निकालिन्छ, जुन कार्बन-गहन विधि हो। तर येल स्कूल अफ द इन्भाइरोन्मेन्टका अनुसन्धानकर्ताहरूले नेतृत्व गरेको नयाँ अध्ययनले बायोमासबाट उत्पादित हाइड्रोजन (बायो-एच₂) ले हरितगृह ग्यास उत्सर्जन घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने देखाएको छ।

संयुक्त राज्य अमेरिका विश्वको वार्षिक हाइड्रोजन उत्पादनको करिब १०% योगदान दिने प्रमुख उत्पादक हो। तर हाइड्रोजन उत्पादन गर्दा उत्सर्जनको मात्रा प्रयोग गरिने विधिमा निर्भर हुनेछ ।

यस अध्ययन पीनास जर्नलमा प्रकाशित भएको हो, जसले हाइड्रोजनको आपूर्ति र माग, उत्पादन विधिहरू (जस्तै पानीको इलेक्ट्रोलाइसिस) र नीति प्रोत्साहनको अवस्थालाई विश्लेषण गरेको छ।

युआन याओ, औद्योगिक पारिस्थितिकी र दिगो प्रणालीका एसोसिएट प्रोफेसरले नेतृत्व गरेको अध्ययनमा येलका पीएचडी विद्यार्थी यौयी स्यु र प्रिन्सटन विश्वविद्यालयका सहायक प्राध्यापक वेइ पेंग पनि सहभागी थिए।

अनुसन्धान टोलीले जीवनचक्र मूल्यांकन (एलसीए) र ग्लोबल चेन्ज एनालाइसिस मोडेल (जीसीएएम) लाई जोड्ने नयाँ विश्लेषण ढाँचा विकास गरेका छन्।

“प्रोत्साहनको अभावमा, उत्सर्जन घटाउन तत्काल समाधान आवश्यक छ। यहीँ बायो-एच₂ सस्तो र सजिलै प्रयोग गर्न सकिने विकल्पको रूपमा महत्वपूर्ण भूमिका खेल्न सक्छ,” याओले बताए।

पानीको इलेक्ट्रोलाइसिस र बायो-H₂ को तुलनात्मक विश्लेषण

पानीको इलेक्ट्रोलाइसिसले नवीकरणीय ऊर्जा प्रयोग गरेर सफा हाइड्रोजन उत्पादन गर्न सक्छ, तर उच्च पूँजी लागत, जमिन र पानीको सीमितता जस्ता चुनौतीहरू छन्। यद्यपि बायो-एच₂ बाट केही बढी उत्सर्जन हुने भए पनि, जीवाश्म-आधारित एच₂ को तुलनामा उल्लेखनीय उत्सर्जन कटौती गर्न सकिन्छ।

सन् २०२७ देखि लागू हुने नयाँ संघीय ऐनले सफा हाइड्रोजन उत्पादनमा दिइने कर छुट हटाउनेछ, जसले पानीको इलेक्ट्रोलाइसिसलाई असर गर्ने उल्लेख छ। अध्ययन अनुसार बायो-एच₂ को प्रयोगले सन् २०२५ देखि २०५० सम्म उत्सर्जन कटौती १.६ देखि २ गुणा बढाउन सक्नेछ । 

सो अध्ययनले स्विचग्रास, मिसक्यान्थस जस्ता ऊर्जा बालीहरू, कृषि तथा वन अवशेषहरूबाट हाइड्रोजन उत्पादन गर्न सकिने उल्लेख गरेको छ। वन अवशेषको प्रयोग गर्न सकिने भन्दै आगलागीको जोखिम घटाउँने र जैविक अर्थतन्त्रलाई समर्थन गर्ने भनिएको छ।

राष्ट्रिय कार्बन मूल्य निर्धारणको अभावमा, स्टील उद्योगजस्ता कठिन क्षेत्रहरूमा हाइड्रोजन प्रयोगलाई प्रोत्साहन दिने लक्षित अनुदानहरू प्रभावकारी हुनसमेत औल्याएका छन् ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘मार्कर बल’ विद्युतीय लाइनमा किन राखिन्छ? यस्ता छन् कारण:

२०२५ को रसायनशास्त्रमा नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने

शहीदप्रति चौधरी ग्रुपको श्रद्धाञ्जलि, परिवारका सदस्यलाई रोजगारी दिने घोषणा

नेपाल–जर्मनीबीच दुई महत्त्वपूर्ण सहयोग सम्झौतामा हस्ताक्षर

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी छलफल

२०२५ को भौतिकशास्त्र नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान

युनेस्कोको महानिर्देशक पदका लागि खालिद एल-एनानीको मनोनयन

डब्लुएचओ प्रतिवेदन: २०२४ मा १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित

×