जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापार उल्लेख्य रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म कम्पनीहरूले ९ अर्ब ५४ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन्। 

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.५५ प्रतिशत वृद्धि हो। गत वर्ष सोही अवधिमा कम्पनीहरूले जम्मा ७ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका थिए। 

यस वर्ष भने अधिकांश कम्पनीहरूले व्यापार विस्तार गरेका छन्, तर दुई कम्पनीको कारोबार भने घटेको देखिएको छ ।  

त्यस्तै, समग्रमा जीवन बीमा बजारमा नयाँ व्यापार विस्तारको लहर देखिएको छ। नेपाल लाइफ अग्रस्थानमा रहँदा आइएमई लाइफले सबैभन्दा उच्च दरमा वृद्धि हासिल गरेको छ।

कम्पनी नामप्रथम बीमा शुल्क (रकम)वृद्धि (%)
नेपाल लाइफ२ अर्ब ७० करोड ७९ लाख४२.४९%
नेशनल लाइफ१ अर्ब ३१ करोड ६९ लाख१८.७२%
आइएमई लाइफ४२ करोड ४७ लाख७०.६५%
रिलायवल नेपाल लाइफ३८.२६%
सिटिजन लाइफ३४.३९%
एलआइसी नेपाल३१.५२%
एशियन लाइफ२९.९८%
सानिमा रिलायन्स२७.८५%
राष्ट्रिय जीवन बीमा कम्पनी२७.१८%
प्रभू महालक्ष्मी२२.५१%
मेट लाइफ१७.७२%
सूर्यज्योति लाइफ५.०३%

कम्पनी नामप्रथम बीमा शुल्क (रकम)घट (%)
हिमालयन लाइफ५४ करोड ६६ लाख८.४३%
सन नेपाल लाइफ१९ करोड ७४ लाख४.६९%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

कृषि विकास बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने

दीर्घकालीन घाउ उपचारमा नयाँ आशा

बिजुली चम्काइ पूर्वानुमान उपकरणले भविष्यमा विमान थप सुरक्षित हुने

५ करोड २० लाखमा गहनापोखरी पुनर्निर्माण सुरु

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै बैंकले असोजमा कर्जा विस्तार

जलवायु निष्क्रियताले हरेक वर्ष लाखौँ मानिसको मृत्यु: ल्यान्सेट काउन्टडाउनको चेतावनी

कञ्चनजङ्घामा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन : युनेस्कोको संरक्षणमा नयाँ आयाम

×