
काठमाडौं। ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ्ग एप ज्योति स्मार्ट मार्फत हवाई टिकट खरिद गर्दा ५ सय क्यासब्याक प्राप्त हुने आकर्षक योजना सार्वजनिक गरेको छ।
यस विशेष अभियानअन्तर्गत, देशभरका जुनसुकै घरेलु एयरलाइन्सको टिकट ज्योति स्मार्ट एप प्रयोग गरी खरिद गर्दा अधिकतम ५ सय क्यासब्याक प्राप्त गर्न सकिनेछ। ग्राहकले टिकट खरिद गर्दा अफर बक्समा “FLY500” प्रोमोकोड प्रयोग गर्नुपर्नेछ। यो सुविधा पहिलो ३०० जना प्रयोगकर्तामात्र सीमित रहनेछ।
बैंकले जनाएको अनुसार, यो योजना मंसिर ३ गतेदेखि प्रभावकारी बनेको हो र सीमित अवधिसम्म मात्र लागू हुनेछ। अभियान अवधिभर एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गर्ने ग्राहकले क्यासब्याकको सुविधा पाउनेछन्।
ज्योति विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।
हालै बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र हासिल गरेको छ। अन्तर्राष्ट्रिय प्रमाणन संस्था INTERCERT ले प्रदान गरेको उक्त प्रमाणपत्रले बैंकको सूचना सुरक्षा उपायलाई प्राविधिक रूपमा बलियो, समसामयिक र जोखिम व्यवस्थापनमा सक्षम ठहर गरेको छ।


Leave a Reply