|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत १२ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। यस क्यालेन्डरमा नेवार समुदायको मौलिक चित्रकला पौभा कलाका दुर्लभ चित्रहरू समावेश गरिएको छ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइतले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन्।
पौभा कला थान्कासँग मिल्दोजुल्दो देखिए पनि यसको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराई रहेको छ। बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना क्यालेन्डरमा मौलिक चित्रहरू समावेश गर्दै आएको छ।
बैंकले अघिल्ला वर्षहरूमा मिथिला संस्कृति झल्काउने चित्र (२०७९), मण्डला चित्रकला (२०८०), स्वदेश फर्काइएका प्राचीन कलाकृति (२०८१) तथा पुराना नेपाली जीवनशैली झल्काउने तस्वीरहरू (२०८२) समावेश गरी क्यालेन्डर प्रकाशन गरेको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply