October 27, 2024

भौतिकशास्त्रमा समर्पित जीवन


मानिसले जीवनमा समयलाई बुझ्न सकेन भने कहिल्यै सफल हुन सक्दैन । मैले पनि विस्तारै समयलाई चिन्दै गए । तर आफ्नो जीवनमा कसैले मलाई सम्मान गरोस्, सिंहासनमा राखेर माला लगाईयोस् भन्ने इच्छा कहिल्यै पनि थिएन । खाली मैले आफ्नो कामसँग मात्र सम्बन्ध राखें । मैले कहिल्यै महेन्द्र विद्या भूषण थापिन किनभने महेन्द्र विद्या भूषण थाप्नका लागि निवेदन गर्नु पथ्र्यो ।


Sitaram_revo

जीवनको अर्को परिभाषा संघर्ष हो’ । मानौं यसले मानिसलाई गतिशिल बनाउँछ, गतिशिल जीवन नै वैज्ञानिक युगको फड्को हो । यहि आर्दशमा लामो समयसम्म त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग विकासमा महत्वपूर्ण व्यतिmत्व हुन्—प्रा. डा. सीताराम व्याहुत । उनले नेपाली विज्ञान शिक्षा जगतमा ठूलो योगदान पु¥याएका छन् । उनी भन्दछन् “मानिस जन्मने वित्तिकै जिन्दगीका खुसीहरु पुरा हुँदैनन् । समय अनुकुल संघर्षको खाँचो पर्छ र आफ्नो उद्देश्यमा विचलित नभई काम गरिरहनु पर्दछ । त्यसोत विज्ञान र प्रविधिकै क्षेत्रमा आफ्नो जीवनको कालखण्ड व्यतित गरेका व्याहुतले जीवनका उकाली ओरालीहरुमा धेरै समस्याहरु भोग्नु परेपनि उनले कहिल्यै हार मानेन् ।

जन्म÷वाल्यकाल
बारा जिल्लाको कलैयामामा वि.सं.२००८ सालमा जन्म लिएका यी विद्वान माता चम्पादेवि साह र महेन्द्रप्रसाद साहका जेष्ठ पुत्र हुन् । उनको वाल्यकाल कलैयाका पखेराहरुसँग लुकामारी खेल्दै अनि वगैंचाका सुगन्धित फुलहरुसँग मितेरी लगाएर वितेको थियो । प्रकृतिमा रमाउन चाहने सिताराम व्याहुत बाल्यकालमा कथा कहानीका किताबहरु अध्ययन गर्न रुचाउँथे । सानामा पौडि खेख्न रमाउने व्याहुत बसन्तको विहानिसँगै बगैंचाका निष्फिक्री फक्रियाका राता, पहेंला रङ्गिविरङ्गि फुलहरुमा बसेर पुतलीहरुले छम्छमी नाचेको देखेर त्यसैत्यसै प्रफुल्लित हुन्थे । सिलस्वभाव भएका उनको सानैदेखि विज्ञान र गणित विषयमा रुचि थियो । उनको आमाले घर सम्हाल्नु हुन्थ्यो भने बाबुले खाद्यान्न व्यापार गर्दथे । बाबुको सामिप्यता र आमाको एउटै काखमा अािर्शवादका अनन्त फुलहरु फक्राउँदै उनले घर छेउकै विद्यालय श्री ३ चन्द्र हाईस्कुलबाट एसएलसी सम्म अध्ययन गर्ने अवसर पाएका थिए । उनले एसएलसी प्रथम श्रेणीमा उत्र्तिण गरेका थिए । त्यतीवेला हिन्दि भाषामा विज्ञान जगत भन्ने पत्रिका प्रकाशन हुन्थ्यो । उनलाई गणित र विज्ञान विषय खुब मनपर्ने भएकै कारण विज्ञान जगत पत्रिका चाख दिएर पढ्थें ।


माक्र्सिसट दर्शन मलाई केहि थाहा छ । माक्र्सिसट दर्शनमा हेगलको “संख्या गुणमा परिवर्तन हुन्छ भन्ने सिद्धान्त छ । तर एउटा कुरा के बुझ्न जरुरी छ भने जहाँ गुण चाहिएको छ त्यहाँ संख्याले हुँदैन । जस्तैः एउटा प्रोफेसरको काम हजार जना मजदुरले गर्न सक्दैनन् ।


काठमाडौंको यात्रा
पहिलो पटक घर छाड्नु पर्दाको अनुभव, होस्टेलको जीवन, साथिहरु र शिक्षकहरुलाई संझँदै भावुक बनेका व्याहुतले आफ्नो जीवन कहानी रिभोसाइन्सलाई सविस्तार सुनाउँदै गए । “विज्ञानमा रुचि भएकै कारण एसएलसी पश्चात वि.सं.२०२३ जेठमा आईएसी पढ्नका लागि काठमाडौं आए । विज्ञान विषयको राम्रो पढाई हुने अस्कल क्याम्पसमा पढ्न थालें । पहिलो पटक घर छोडेर हिँड्नु पर्दाको पिडा सहन गाह्रो भएको थियो । तर होस्टेलका साथीहरु पनि मिलनसार थिए ।

विद्यालय जीवनमा शिक्षकहरुले विद्यार्थीको धेरै निगरानी गर्नु हुन्थ्यो । विद्यालय जीवनभन्दा कलेज जीवनमा धेरै भिन्नता पाए । विद्यालय तहमा शिक्षक र अभिभावकको निगरानिमा निकै मेहनत गरेर पढेको थिए । तर अस्कल कलेजमा पढ्दा खासै निगरानिमा नभएपछि धन्दै १ वर्ष म अलिकति उछ्रिङ्खल समेत भए । फलस्वरुप कक्षा ११ को कलेजले लीएको परिक्षाको नतिजा पनि चित्तबुद्धो आउन सकेन । म धेरै कम पढ्ने निम्नस्तरको विद्यार्थी थिए । कक्षा १२ को नतिजा पनि राम्रो भएन । त्यसपछि मलाई आफ्नो अवस्था देखेर लाज लाग्यो र फेरि बाराको कलैयामा गए । कलैयामा गएर पनि घरमा नबसेर धर्मशालामा बसें । त्यसपछि म झस्किँए । परिक्षा आउन भन्दा अगाडीको दुई महिना धेरै मेहनत गरेर पढें । जव मैले आफ्नो जिम्मेवारी बुझ्दै गए तब मैले मेहनत गर्न थालें । फलस्वरुप कक्षा १२ को परिक्षाफल निकै राम्रो भयो । त्यसैले अन्तमा मैले अपनाएको पढाईको पद्धती राम्रो थियो भन्ने अहिलेसम्म पनि लागेको छ । पहिला घरको निगरानिमा बसेको मान्छे एक्कासी काठमाडौंको स्वतन्त्र वातावरण पाएकाले नै म विग्रीए जस्तो लाग्छ ।

नेवारी समाजबाट सिकेको कुरा
उद्देश्यको भारी बोकेर गन्तव्य स्थल काठमाडौं लागेपछि मेरो संगत मधेसी परिवार र नेवारी समाजसँग भयो । यहाँको संस्कृति चालचलन बुझ्ने सौभाग्य पाए । नेवारी समाजबाट मैले धेरै कुराहरु सिक्दै गए भने मधेसी परिवारबाट पनि नसिकेको भने होइन । नेवारी समाजको संगतसँगै मेरो मष्तिष्कमा सम्पूर्ण जातिहरु विच एकता र सम्पूर्ण धर्महरु विच सहिष्णुता अतिआवश्यकीय विषय हो भन्ने कुराले भरियो । सवै जाति, धर्म, वर्गको आफ्नो छ्ट्टै पहिचान छ । हाम्रो देशले अहिलेसम्म जातीय तथा धार्मिकआन्दोलनहरु खेप्नु परेको छैन । नेपालीहरु आ–आफ्नै सुगन्ध फैलाउँदै एउटै माला बनेर बसेका छन् । वास्तवमा क्षमतावान मान्छेहरु धेरै छन् । मानिस कोहि सानो र कोहि ठूलो हुँदैन । फरक यतीमात्र हो कि अवसर पाएका मानिसहरु र अवसर नपाएका मानिसहरु विचमात्र फरक छ । यो उनीहरुको दोष होईन ।

रसियाको यात्रा
कक्षा १२ उत्र्तीण गरेपछि एमएस्सीको लागि मैले सरकारी छात्रवृत्ति पाउन सफल भए । त्यतीवेला बिएस्सी नपढीकन एमएस्सी पढ्न पाईन्थ्यो । सरकारी छात्रवृति पाएपछि पढ्नको लागि मनमा भारी कौतुहलता बोकेर रसियाको खार्कोभ यूनिभर्सिटितिर लागें । अहिले त्यो यूक्रेनमा पर्छ । एकै पटकमा दुई विषयमा एमएस्सी गर्न मिल्थ्यो । मैले सोभियत यूनियनबाट फिजिक्स र म्याथमा ५ वर्षको मास्टर सक्काए । पढाईको सिलसिलामा म ६ वर्ष रसियामा बसें । मलाई सोभियत यूनियनमा पढ्दा खासै गाह्रो भएन । किनभने केहि हदसम्म अस्कल क्याम्पसको पढाईको तरिका र सोभियत यूनियनको पढाईको तरिका मिल्थ्यो । दुवै क्याम्पसमा महत्वपूर्ण विषयहरु लेक्चर कक्षामा दिइन्थ्यो । अस्कल क्याम्पसमा लेक्चरको कक्षामा २ सय २० जना विद्यार्थी थिए भने शोभियत यूनियनमा २ सय ५० जना थिए । अस्कल क्याम्पसमा लेक्चर कक्षामा भएका भाषा तथा हिसाबहरु फेरी गर्नको लागि समुह कक्षा हुन्थ्यो र सोभियत यूनियनमा पनि यी कुराहरु हुन्थे । जसकारण पनि मलाई सहज भयो । म जहिले पनि सोभियत यूनियनमा राम्रो विद्यार्थी भित्र पर्थें । सोभियत यूनियनको पढाई निकै राम्रो थियो । राजनीतिक रुपमा सोभियत यूनियनको विकास नभए पनि सामाजिक रुपमा त्यतिवेला सोभियत यूनियनको विकास भैसकेको थियो । एम्एसी सकेर म रसियाबाट नेपाल फर्किए ।

जागिरे यात्रा
रसियामा मास्टर सकेर आउदा म २३ वर्षको थिए । नेपाल फर्कने वित्तिकै वि.सं.२०३१ सालबाट भौतिक शास्त्र केन्दी्रय विभागमा काम सुरु गरें । त्यतीवेला नेपालमा भर्खर सेमेस्टर सिस्टम सुरु भएको थियो । तर नेपालमा काम गरेको अनुभव भने त्यती मिठो रहेन । पञ्चायतको समय भएकाले काम भन्दा बढि हैकम चल्दथ्यो । कामको त्यती धेरै महत्व थिएन । मैले राम्रो काम गरेतापनि मलाई भौतिक शास्त्र केन्दी्रय विभागबाट छोड्ने वातावरण बनाईयो । निष्किएर जा नभने पनि निरन्तरता नदिए पछि मैले वि.सं. २०३२ सालको अन्त्यमा भौतिक शास्त्र विभाग छोडें— त्यतिखे आफ्नो स्वाभिमान गिराउन सकिन ।

विभाग छोडेपछि मैले टक्सार तथा नाप तौल विभागमा रहेर काम गर्न थालें । केहि समय पछि म थाई भए । त्यहाँ ५ वर्ष जती काम गरेपछि आफ्नो शैक्षिक क्षेत्र यता भएकाले वि.सं.२०३७ सालमा भौतिक शास्त्र विभागमा नै आए । काम राम्रो गर्ने भएकै कारण मलाई पुन माग गरियो । वास्तवमा ५ वर्ष पछि पुन आउदा पनि यहाँको धेरै कुराहरु परिवर्तन भएको थिएन । वि.सं.२०३६ सालको आन्दोलन पछि समाजको सोचाईमा अलिकति फरकपन आएको थियो । तर सूचनाहरु त्यती सहजै थाहा हुँदैन थियो । विभागमा पुन जोडीएपछि करारमा भर्ति गरें । वि.सं.२०३९ सालमाको माघमा थाई भए । यहिले मलाई नाप तौलको जागिर नखाएर काठमाडौंमा नै बसेर संघर्ष गरेको भए राम्रो हुन्थ्यो जस्तो लागिरहेछ ।

अमेरीकाको यात्रा
अमेरीका जाँदा मेरो उत्साह नै छुट्टै थियो । नेपालबाट अमेरीका जाँदा म नेपाल फर्कन्न भन्ने अठोटका साथ गएको थिए । तर त्यस्तो भएन । त्यतीवेला टोफेल दिएर सिधै अमेरीका गएर पढ्न पाईने रहेछ । यो कुराको सूचना मलाई थाहा नभएकाले म अलि पछि परें भन्ने लागेको छ । आफ्नो गल्ति महशुस भएपछि मैले आफ्ना विद्यार्थीहरुलाई संधै यस्ता कुराहरुमा ध्यान दिन भनिरहेको छु । वि.सं. २०४० सालमा पि.एच.डी. गर्नको लागि अमेरीकाको यूनिभर्सिटी अफ हवाईमा गए । १ वर्ष त्यहिँ बसें । त्यहाँ मेरो रुचिको विषय नभएको कारण म रेनसेलियर पोली टेक्निक इन्सिटिच्यूट न्यर्योकमा भर्ना भए । त्यहाँ मलाई मन पर्ने सल्लाहकार टम फरुटाक हुनुहुन्थ्यो । उहाँको सर्फेस फिजिक्समा धेरै राम्रो नाम छ । त्यहाँ एक वर्ष बसेपछि प्रोफेसर भएर टोम फरुटाक कोलोराडोमा जानु भयो । म पनि उहाँसँगै कोलोराडो गए । ‘सर्फेस इनहेन्सड रमन स्क्याटरिङ’बाट सिल्भर सर्फेसमा मैले अध्ययन गरें । मेरो अन्तिम पि.एच.डी. नै सिल्भर सर्फेसमा हो । मेरो थेसिस वि.सं.२०४६ सालको माघ महिनामा सकियो । पिएचडी र ६ महिना पोस्ट डकको साढे ६ वर्ष अमेरीकामा बसें । संयोग भन्नुपर्छ नेपालमा पनि वि.सं.२०४७ सालको वैशाखमा आन्दोलन सफल भयो । आन्दोलन सफल भएपश्चात् नेपालमा काम गर्ने बाटाहरु खुल्यो र म फर्केर नेपाल आए । अमेरीकाबाट फर्केपछि भौतिक शास्त्र केन्द्रीय विभागमा नै रहेर काम गर्न थालें । अझ भनौ चक र डस्टर लिएर पुनस् त्रिभुवन विश्वविद्यालयमा पढाउन थालें ।

म अमेरीकाबाट आएपछि यहाँ मटेरियल साईन्सको रिसर्च बढेको छ । त्यसमा मेरो प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष योगदान बढि छ । नेपाल फर्केर आउँदा मेरो इच्छा धेरै थियो । रिसर्चलाई प्रमोट गर्नको लागि एक्स्पेरिमेन्टल ल्याव खोलेर र त्यसबाट रिसर्चलाई अगाडि बढाउने चाहना थियो । यहाँ आएपछि विकासोन्मुख राजनीति देखिन । विकासोन्मुख राजनीति नभएकै कारण रिसर्चलाई संस्थागत हिसाबले विकास गर्न गाह्रो भयो । त्यसपछि वि.सं.२०५० सालमा म शिक्षा मन्त्रालयमा साइन्स एजुकेसन प्रोजेक्टको (क्अष्भलअभ भ्मगअबतष्यल एचयवभअत) को डाईरेक्टर भए । मैले २० महिना त्यहाँ काम गरें । त्यहाँ एमालेको राजनीति चल्न थालेपछि मलाई हटाईयो । मैले त्यहाँ काम गरेकै भरमा अहिले पनि माध्यामिक शिक्षा स्तरको मुख्य शिक्षक तालिम चल्दै छ । त्यसलाई परिमार्जन गर्नुपर्ने अवस्था १५ वर्ष पहिले नै थियो । तर अहिलेसम्म पनि यसमा अलिकति पनि फरक भएको छैन । हामीले १० महिनाको कार्यक्रम बनाएका थियौं । अहिले पनि २÷२ महिना अथवा ३÷३ महिनामा कार्यक्रमहरु चलिरहेको छ ।

नाष्टले दिएको धोका
वास्तवमा ल्याव अपरिहार्य कुरा हो । यसलाई नै मध्यनजर गर्दै मैले मटेरीयल साइन्सको ल्याव विकास गर्नको लागि भनेर नाष्टमा प्रस्तावना पेश गरेको थिए । उक्त प्रस्तावना नाष्ट र विश्वविद्यालय दुवैले मन पराएका थिए । प्रस्तावनामा मैले उनीहररुको नैतिक सहयोगमात्र मागेको थिए । त्यो प्रस्ताव स्विकार भएपनि नैतिक सहमति उनिहरुको कार्यमा देखिएन । त्यतीवेला नाष्टले खासै प्रगति गर्न सकेको थिएन । यसमा नेतृत्व गम्भिर नभएर हो भन्ने मलाई लाग्छ । त्यतीवेला नाष्टमा २ महिना ४ महिनाको लागि भिसीहरु आउथे र फर्कन्थे । एक्सपेरिमेन्टल ल्याव राख्ने मेरो दोस्रो चाहना थियो । सन् २००४ मा नानोटेक्नोलोजीको ल्याव हाम्रो विभागमा राख्नको लागि नाष्टमा प्रपोज गरेको थिँए । त्यसको लागि हामीसँग उच्च शिक्षाबाट आएको अलिकति सामानहरु पनि थियो । बाँकी करीब डेढ लाख रुपैयाको अरु सामानहरु चाहिएको थियो । दुर्भाग्यबस त्यसको लागि मैले नाष्टमा पेस गरेको प्रस्ताव नाष्टले हराई दियो । त्यसपछि पुन प्रस्तावना पेस गरें । त्यो पनि नाष्टको लापर्वाही गरेर हराई दियो । नाष्टले गरेको सानो त्रुटिको कारण देशलाई नै फाईदा हुने कार्य समेत असफल हुनगयो । नाष्टको यो गतिबाट नेतृत्व गम्भिर छैन भन्ने कुरा प्रष्ट हुन्छ । हाम्रो हरेक तहको नेतृत्व गम्भिर छैनन् । मन्त्रालयको प्रमुखदेखि विश्वविद्यालयको प्रमुख र विभागको प्रमुख मात्र नभई हरेक तहको नेतृत्व देशको समुन्नत विकास प्रति सचेत भएर पनि अचेत छन् । सोचाई नै राम्रो छैन । यदि साँच्चै देशको बारेमा चिन्ता गर्ने हो भने नाष्ट देखि लिएर सवै तह र तप्काका मानिसहरु गम्भिर हुन जरुरी छ ।

फिजिक्सको विकास
हामी सवैलाई थाहा भएको कुरा फिजिक्स एउटा महत्वपूर्ण विषय हो । अहिले हाम्रो कम्प्यूटेस्नल फिजिक्सको कार्यक्रम निकै राम्रो भईरहेको छ । मैले यसको प्रस्ताव सन् १९९५÷९६ मा लेखेको थिए । जसमा मलाई विश्वविद्यालयले थोरै पनि सहयोग गरेन । केहि समय पछि प्राफेसर तारा प्रसाद दासले अमेरीकाबाट आएर करिब–करिब सबै विषय वस्तुहरु दिनु भयो । उहाँले नेपालको कम्प्यूटेस्नल फिजिक्सका कार्यक्रमहरु सुरुवात गर्नु भएको थियो । त्यतीवेला वातावरण पनि सहज बनिसकेको थियो । नेपालमा कम्प्युटर भित्रि सकेको थियो । म भित्र पनि धेरै अनुभव बढिसकेको थियो । जसकारण पनि पछिल्लो समयमा सुरुवात गर्न त्यती गाह्रो भएन । वास्तवमा फिजिक्स अध्ययन गर्ने विद्यार्थीहरुको संख्या म अमेरीकाबाट आएपछि धेरै बढ्यो । सन् १९८९ मा ३० जना फिजिक्सका विद्यार्थीहरु अध्ययनरत थिए भने सन् १९९० मा ६० जना विद्यार्थी अध्ययनरत थिए । अहिले लगभग ७ सयको हाराहारीमा हरेक वर्ष फिजिक्समा विद्यार्थीहरु भर्ना हुन्छन् । तर संख्यात्मक हिसावले विद्यार्थी संख्या वृद्धि भएपनि गुणात्मक हिसावले भने राम्रो हुन सकेको अवस्था छैन ।

माक्र्सिसट दर्शन मलाई केहि थाहा छ । माक्र्सिसट दर्शनमा हेगलको “संख्या गुणमा परिवर्तन हुन्छ भन्ने सिद्धान्त छ । तर एउटा कुरा के बुझ्न जरुरी छ भने जहाँ गुण चाहिएको छ त्यहाँ संख्याले हुँदैन । जस्तैः एउटा प्रोफेसरको काम हजार जना मजदुरले गर्न सक्दैनन् । जसकारण पनि हामी गुणात्मक कुराहरुमा सचेत हुन जरुरी छ । नेपालमा संख्याको आधारमा शिक्षा हुन्छ । रिसर्च र ज्ञानको आधारमा गुणात्मकता वृद्धि गर्न सकिएको छैन । फिजिक्सलाई गुणात्मक हिसाबले लैजानु पर्छ । अमेरीकामा अध्ययन गर्दा मैले रिसर्चको सोचाई र यसको तरिका सिकेको थिए । फिजिक्सको मुलभूत ज्ञान सोभियत यूनियनको नै काफि थियो । त्यतीवेला सोभियत यूनियनले एकदमै राम्रो पाठ्यक्रम निर्धारण गरिसकेको थियो । आजभन्दा ४१ वर्ष पहिला मैले म्याथ र फिजिक्समा जुन विषय वस्तुहरुको अध्ययन गरेको थिए जुन गुणात्मकता थियो त्यो नेपालमा अहिलेसम्म पनि हुन सकिरहेको छैन । नेपालमा पनि हामीले संख्यात्मक वृद्धि भन्दा पनि गुणात्मकतालाई ध्यान दिनुपर्छ । यसको लागि उच्च शिक्षा दिने व्यक्तिहरुको भूमिका गहन हुन्छ । जस्तैः परिवारको मुख्य व्यक्ति डाका छ भने परिवारका अरु सदस्यहरु पनि डाका हुने सम्भावना प्रसस्त हुन्छ ।
फिजिक्सलाई राम्रो बनाउँदै विश्वविद्यालयको स्तर कायम गर्ने जिम्मेवारी सर्वप्रथमत शिक्षकहरुको नै हो । त्यसको जिम्मेवारी वहन उच्च तहको नेतृत्वले नै गर्नुपर्छ । नेपालमा पनि असल नेतृत्व गर्नसक्ने क्षमतावान मानिसहरु धेरै छन् । सवै क्षमतावान मानिसहरु नियतवाला छैनन् । सवैले देखेको कुरा २० जना विद्यार्थी भर्ना लीने क्षमता भएको ठाउँमा १ सय २० जना विद्यार्थी जबरजस्ती हुल्लीएको छ । मेरो गोरुको बाह्रै टक्का जस्तैगरी अमुल्य समय बिति रहेको छ । काठकोपुल बनाएर ठूलो डम्परहरु गुडाउन खोज्नु ठिक होईन । नेपालमा भौतिकशास्त्रको विकास गर्ने हो भने पनि यसका लागि दक्ष मानिसहरु धेरै छन् ।

स्वतन्त्रता र परिवर्तन
परिवर्तन कै नाममा विभिन्न समयमा श्रृङ्खलाबद्ध आन्दोलन भए । त्यस्तै वि.सं.२०४७ सालको आन्दोलनले भने नेपाली जनतालाई निकै राहत दियो । वि.सं. २००४७ सालबाट नेपालको खुकुलो वातावरणको कारण धेरै नेपालीहरु बाहिर गएर शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गरे । बाहिर मुलुकमा गएर शिक्षा प्राप्त गरेर आएका व्यक्तिहरु र यहिँ भएको जनशक्तिलाई मुल्याङ्कन गर्ने हो भने हामीसँग दक्ष जनशक्तिको कमि छैन । हरेक कार्य क्षेत्रमा नेपाली पाउन सकिन्छ । तर पनि मानिसमा गम्भिरताको कमिको कारण राम्रोसँग काम हुन सकिरहेको छैन । नेपालीहरुमा धेरै क्षमता छ । बाहिर गएका नेपालीहरुले त्यहाँ आफ्नो क्षमता देखाएर नेपाललाई चिनाउन समेत सफल भएका छन् । वि.सं.२०४७ सालमा प्रजातन्त्रको आगमन पछि बाहिर गएर पढ्नका लागि पनि पार्सपोट बनाउन पाईने व्यवस्था भयो । मानिसहरुले स्वतन्त्रता पाए । मेरो आफ्नै कटु अनुभव भनौ म अमेरीका पिएच्डी गर्न जाँदा छलेर पार्सपोर्ट बनाएको थिए । किनभने बाहिर देशमा पढ्न जानको लागि त्यतीवेला पार्सपोट दिँईदैन थियो । मलाई पिएच्डी गर्नको लागि ६ महिनाको मात्रै पार्सपोट दिएको थियो । तर आजकाल हेर्ने हो भने पार्सपोट बनाउन कुनै समस्या छैन । यो वि.सं.२०४७ सालको आन्दोलनको उपज हो । यूवा वर्गले यसको उपयोग राम्रोसँग ग¥यो ।

परिवर्तन कै लागि वि.सं.२००७मा पनि लोकतान्त्रिक आन्दोलन भएको थियो । त्यतिवेला भएको आन्दोलनमा देश भित्रबाटमात्र नभई देश बाहिरबाट पनि भएको थियो । बाहिर बसेका मानिसहरुले नेतृत्व दिएर ठूलो भूमिका खेले । दोस्रो विश्वयुद्धमा बाहिर गएका गोर्खालीहरुले बाहिरको समाज देखे पछि अनि भारतमा पढ्न गएकाहरुले त्यहाँको परिवेष बुझेपछि हाम्रो देशमा स्वतन्त्रताको विजारोपण गर्नु जरुरी छ भन्ने सोचेर वि.सं.२००७ सालको आन्दोलन भएको थियो । उनिहरुले नै नेतृत्व गरेर जनतालाई जगाएका हुन् । अहिले पनि धेरै नेपालीहरु विभिन्न शिलसिलामा बाहिर मुलुकमा छन् ।

युवा शक्ति
युवालाई पछाडीबाट पढ्ने हो भने वायु भन्न सकिन्छ । साँच्चै युवा वायु हुन् । युवाले वायु बनेर सम्पूर्ण प्राणीको प्राण भर्न सक्छन् । तर सहि दिशा तर्फ वहेको वायुले मात्र वातावरणको सन्तुलनलाई कायम राख्न सक्छ । युवालाई सहि दिशा तर्फ लैजानको लागि नेतृत्वले भूमिका खेलेको हुन्छ । हाम्रो युवा वर्गले भएको अवसरलाई राम्रो उपयोग गरेर आफ्नो क्षमता वृद्धिका लागि धेरै कार्यहरु गरिरहेका छन् । हाम्रो देशमा रोजगारि नहुँदा पनि बाहिर गएर धेरै दुःख गरिरहेको छन् । वास्तवमा नेपालको धेरै सम्पतिको हिस्सा विदेशमा गएका युवाहरुको श्रमको उपज हो । यो सरकारले बुझ्न जरुरी छ । एक हिसावले भन्ने हो भने उनीहरुको हामीले खाईरहेका छौं । तर हाम्रो नेतृत्वले उनीहरुलाई वेवास्ता गरिरहेको छ । जुन देशको मुख्य आर्थिक स्रोत हो त्यसलाई समेत सरकारले चासो दिन सकिरहेको अवस्था छैन ।

सरकारको पनि नियत राम्रो हुनु अतिआवश्यक छ । किनकी युवा शक्तिको अवहेलना भयो अर्थात कदर हुन सकेन भने युवाहरुबाट राष्ट्रले उनीहरुको प्रतिभा तथा सृर्जनशीलताबाट फाईदा लिन नसक्ने र युवाहरु कुलतमा लाग्ने मात्र नभई सिंगो देशले नै ठूलो घाटा व्यहोर्नु पर्ने हुनसक्छ । सरकारको नियत राम्रो भएको खण्डमा मात्र देश प्रगतिको मार्गतर्फ हिंड्न सक्छ । उच्च शिक्षा पढ्ने वित्तिकै नियत ठिक हुन्छ भन्ने छैन । नैतिकता र शिक्षा भनेको दुईओटा पाटा हुन् । प्रत्येक मानिसको जीवन दुईओटा नै कुरा नहुन पनि सक्छ । तर त्यो हाम्रो नेतृत्वमा हुन जरुरी छ । हामीले मुल्याङ्कन गर्ने हो भने शिक्षित मान्छेहरुको पनि नैतिकता विग्री रहेको सहजै देख्न सकिन्छ । हाम्रो समाज भनेको भेडाहरुको बथान हो । भेडाहरुले जसरी अगाडिको भेडालाई अन्धाधुन्दा पछ्याउँछन् त्यसरी नै मानिसहरुले पनि अगाडिको नेतृत्वलाई पछ्याई रहेको हुन्छ । असल नेतृत्व भाग्य भएको देशले मात्र पाउँछ । त्यो हाम्रो देशमा छैन । युवाहरुले पनि यो बुझ्न जरुरी छ भेडाले जस्तै गरी हिंड्नु ठिक होईन । राष्ट्रले पनि युवा शक्तिलाई सम्मान दिन सक्नुपर्छ ।

माता÷पिताको प्रेम
संसारमा माता÷पिता भन्दा ठूलो अरु केहि हुन सक्दैन । वास्तवमा हाम्रो जीवन पिताको जिम्मेवारी र माताको कोखको देन हो । प्रत्येक मानिसको पहिलो घर नै माताको कोख हो । हामीले यो कहिल्यै बिर्सनु हुँदैन । माता÷पिताले जहिले पनि सन्तानको भलो चाहेका हुन्छन् । मेरो पिताले २ कक्षामात्र पढ्नु भएको थियो भने आमाले आफ्नो नाममात्र लेख्न जान्नुहुन्थ्यो । तर उहाँहरुको इच्छा मेरो बच्चाहरुले राम्रो पढ्नुपर्छ भन्ने थियो । त्यसैले जती दुख कष्ट सहेर भएपनि उहाँहरुले हामीलाई विद्यालय पठाउनु भयो । हाम्रो भविष्य उज्वल होस् भनेर नै क्याम्पसको लागि खर्च जुटाउनु भयो । संधैं हामीलाई पढ्न प्रेरित गरिरहनु भयो ।

त्यतीवेला हाम्रो समाजमा ठूला– ठूला जमिनदारका बच्चाहरु पनि पढ्न सक्दैन थिए । पढ्न पनि चाहँदैन थिए । किनभने त्यो वेला अभिभावकबाट उचित सहयोग थिएन । अभिभावकहरु पनि पढाउनु पर्छ भन्ने कुरामा सचेत थिएनन् । तर पनि हाम्रो पिता÷माताले सदा पढ्नको लागि प्रेरित गरिरहनु हुन्थ्यो । जसबाट के प्रष्ट हुन्छ भने थोरै÷धेरै पढेकोभन्दा पनि मानिसमा गम्भिरता हुनुपर्छ । अर्को कुरा अभिभावक अर्थात नेतृत्वको भूमिका निकै ठूलो हुन्छ ।

वास्तवमा प्रेम वलवान चिज हो । मेरो माता÷पिताले म प्रति गरेको प्रेमकै कारण म आज यहाँसम्म आइपुग्न सफल भएको हुँ । संसारमा मन बाध्ने डोरीको आविष्कार नभएरै होला वैज्ञानिकहरुले पनि आफ्नो मन बाध्ने उपकरणको निमार्ण गर्न नसकेका, र त मानिसको मनको एक कुनामा भावना बग्ने भएको । मेरो मनमा पनि माता÷पिताको भावना बगिरहन्थ्यो । माता÷पिताको प्रेमबाट टाढा हुनुपरेकै कारण अमेरीकामा हुँदा मेरो मानसिक स्थीती त्यती ठिक हुन सकिरहेको थिएन । म अमेरीकामा नै हुँदा मेरी आमा जसले मलाई यस धर्तीमा पहिलो पाहिला चाल्न सिकाईन् उनको मृत्यू भयो । तर ठूलो दुर्भाग्य त्यो कुरा मैले थाहा पाउन सकिन । थाहा नहुँदा नहुँदै पनि मलाई भित्रबाट आभाष भएको थियो । त्यसैले म कुनवेला पिएच्डी सकिन्छ र नेपाल फर्कन पाउँछु भनेर दिन गनेर बसेको थिए ।

विवाह
विवाह अपरिहार्य कुरा हो । मैले अमेरीकाबाट फर्केर आएपछि शान्ति मानन्धरलाई विवाहको प्रस्ताव राखें । उहाँको दिदिहरु मेरो मिल्ने साथि भएकै कारण उहाँले मेरो विवाह प्रस्ताव स्वीकार गर्नु भयो । त्यसपछि मैले विवाह गरें । हाम्रो एउटा छोरो पनि छ । उसको नाम साकार व्याहुत हो । हाम्रो एक किसिमले मागि विवाह हो । अहिले छोरो अमेरीकामा नै ब्याचलरर्स अन्तिम सेमेस्टर पढ्दै छ ।

जीवन दर्शन
विगतको गल्तिहरुबाट नयाँ कुरा सिकेर वर्तमानमा सुधार गर्दै जानु नै जीवन हो । जीवन भनेको एउटा अनुभवहरुको संग्रह हो । जीवन कहाँ गएर टुंगिन्छ यो कसैलाई थाहा हुँदैन । जीवनको पुरै कालखण्ड एउटै किसिमको हुँदैन । कहिले पलपलमा जिन्दगीको जात्रा भोग्नुपर्छ भने कहिले जिन्दगीमा पलाएका नराम्रो क्षणहरुको पनि सामना गर्न सक्नुपर्छ । जीवनलाई जसरी चाह्यो त्यसरी परिभाषीत गर्न सकिन्छ किनकी हरेक मान्छेको जिन्दगी जीउने शैली फरक हुन्छ । जीवन एउटा सुगन्धित फुल सोचे फुल हो भने काँडा सोचे काँडा नै हो । मलाई लाग्छ जिन्दगीको अर्को नाम संघर्ष हो ।

मैले आफ्नो जीवनमा विर्सनै नसकेको परिभाषित गर्दा दर्शकमा बस्नु भएको प्रोफेसर कानेरले गर्नु भएको प्रशंसा हो । मैले थेसीस डिफेन्स गरि सकेपछि उहाँले उठेर नै केहि समय मेरो प्रशंसा गर्नु भएको थियो । उहाँले यस्तो सामान्य तरिकाबाट न्यूट्रोन स्टार जस्तो कम्प्लीकेटेट आईडियाका इनर्जी स्टेटहरु वर्णन गर्न सक्नु धेरै ठूलो कुरा हो भन्नु भएको थियो । उहाँ मेरो जिन्दगीकै पहिलो प्रशंसक हुनुहुन्छ । अहिले उहाँ यस धर्तिमा नभएपनि उहाँ एक प्रसिद्ध वैज्ञानिक पनि हो । उहाँले मलाई प्लाज्मा फिजिक्स र मेटल फिजिक्समा पढाउनु भएको थियो । उहाँको नाम सोलिड स्टेड फिजिक्समा धेरै राम्रो छ । हामीले उहाँको नाममा आजवेल कानेरी ‘इफेक्ट’ हेर्न सक्छौं ।
मानिसले जीवनमा समयलाई बुझ्न सकेन भने कहिल्यै सफल हुन सक्दैन । मैले पनि विस्तारै समयलाई चिन्दै गए । तर आफ्नो जीवनमा कसैले मलाई सम्मान गरोस्, सिंहासनमा राखेर माला लगाईयोस् भन्ने इच्छा कहिल्यै पनि थिएन । खाली मैले आफ्नो कामसँग मात्र सम्बन्ध राखें । मैले कहिल्यै महेन्द्र विद्या भूषण थापिन किनभने महेन्द्र विद्या भूषण थाप्नका लागि निवेदन गर्नु पथ्र्यो । मेरो मानसिकता पुरस्कार मलाई बक्सियोस् भनेर लिने कुरा होईन भन्ने थियो । त्यसपछि वि.सं.२०७१ सालमा म रिटायर भए । रिटायर भएपछिको जीवन घरकै काममा वितिरहेको छ । तर अव बाँकी जीवनलाई विज्ञान प्रविधिकै विकासका लागि समर्पित गर्ने सोच छ । जीवनमा म कहिल्यै सामाजिक हुन सकिन । यहि नै मेरो जीवनको कमीकमजोरी हो ।

धर्म तथा भगवान प्रतिको धारणा
धर्मले मानिसलाई कुकर्म गर्नबाट जोगाउँछ । यो व्यक्तिगत कुरा पनि हो । धर्म भनेको एउटा आस्था हो । त्यसैले धर्ममा विज्ञान छैन । हामीले विज्ञान प्रति विश्वास ग¥यौं भने विज्ञान नै एउटा धर्म हो । किनकी विश्वास नै धर्म हो । भगवान भनेको प्रकृति हुन जसले यो संसारलाई गति दिएको छ । विज्ञानले त्यही नियमहरुको अध्ययन गर्छ । जसकारण पनि विज्ञान र धर्म एकअर्कामा सम्बन्धित छन् । तर विज्ञानका कुराहरु युनिभर्सल हो भन्ने विज्ञानको विश्वास छ । विज्ञान एकठाउँबाट अर्कोठाउँमा जाँदा परिवर्तन हुँदैन । त्यसैले यदि विज्ञानको नियम परिवर्तन हुँदैन भने सर्जकको आवश्यकता पर्दैन । मान्छेको उत्पतिदेखि विनाशसम्म र अणुको उत्पतिदेखि संसारको संरचनासम्म सवै वैज्ञानिक नियम अनुसार चल्छ भने भगवानको आवश्यकता विज्ञानलाई छैन भन्ने मेरो धारणा छ । वास्तवमा मानव शरीर संसारमा सवै भन्दा पूर्ण छ । दिमागले हृदयलाई नियन्त्रण गर्छ । तर हृदयको कतिपय आधारभुत कार्यहरुलाई दिमाखले नियन्त्रण गर्दैन । यिनिहरु अन्तर सम्बन्धित छन् । भगवान छन् कि छैनन् भन्नेबारेमा सायद पूर्ण ज्ञान कसैलाई पनि छैन । र यो विवादस्पक विषयमा मेरो खासै ध्यान जाँदैन ।

प्रस्तुतिः लक्ष्मण नेवा र स्मृति अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×