कटहरको बहुउपयोगिता

jackfruit

कटहरमा महत्वपूर्ण कार्वोहाइड्रेट मात्र होइन विभिन्न भिटामिन पनि पाइन्छ । कटहरको नियमित सेवनले विभिन्नरोग लाग्नबाट जोगाउँछ । कटहरको पातबाट बनेको धुलो अल्सरको उपचारमा निक्कै उपयोगी मानिन्छ । यसको हरियो पातलाई सफासँग धोएर सुकाउने र पिँधेर चूर्ण तयार पारी सेवन गर्दा अल्सर रोगबाट बच्न सकिन्छ । यो फल औषधिका गुणहरुले भरिपूर्ण छ ।

अनुहारमा छाला फुट्ने वा हात खुट्टामा पनि यस्तो समस्या भए कटहरको पात लेप लगाउँदा सन्चो हुने मान्यता छ । कटहर काँचोमा तरकारी र पाकेपछि फलको रुपमा प्रयोग हुने बहुउपयोगी फल हो । तरकारीको रुपमा पनि खान सकिने कटहरको अचार र पापड पनि बनाउन सकिन्छ । त्यस्तै पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई सेलाएर पानीसँग पिउँदा एकदम स्फुर्ति बढ्छ । कटहरको पातको रस मधुमेहका रोगीका लागि पनि उपयोगी हुन्छ । कटहरको पाकेको फल नियमित सेवन गर्दा पेटको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×