विज्ञान तथा प्रविधि सम्मेलको आयोजना गर्दै नाष्ट

nast

काठमाण्डु। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यही चैत्र १६ देखि १८ गतेसम्म सातौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना गर्ने भएको छ ।  स्थापना काल देखि नै हरेक चार वर्षको अन्तरालमा नाष्टले राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना गर्दै आएको छ । यस पटकको सम्मेलनको मूल नारा Science, Technology and Innovation for Nepal’s’  Graduation to Developing Country Status भन्ने रहेको नाष्टले जनाएको छ ।

देशभरबाट १ हजार वैज्ञानिक÷प्राविधिज्ञहरुको सहभागिता रहनेछ उक्त सम्मेलनमा सार्क मुलुक लगायत १० राष्ट्रका वैज्ञानिकहरुको पनि सहभागिता रहने नाष्टले जनाएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति श्री के.पी. शर्मा ओलीबाट हुनेभएको छ ।

सम्मेलनमा ६ सय ८ वटा वैज्ञानिक÷प्राविधिक कार्यपत्रहरु प्रस्तुत गरिने छ भने यसका लागि ५६ वटा प्राविधिक सत्रहरु र ४ वटा ‘प्लेनरी सेसन’ सञ्चालन हुनेछन् ।

सम्मेलनमा जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स्ड साइन्टिफिक रिसर्च, भारतका वैज्ञानिक भारत रत्न प्राडा सिएनआर रावले विज्ञान तथा प्रविधि, आविष्कारको भावी योजना र चाइनीज एकेडेमी अफ साइन्सेजका अध्यक्ष एवं वैज्ञानिक प्राडा बै चुन्लीले विज्ञान तथा प्रविधि, आविष्कारमा राष्ट्रको भूमिका विषयमा विशेष सम्बोधन गर्नु हुने नाष्टद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

×