February 12, 2025

विश्वमै नयाँ ढुँसी


डा. अधिकारीले योसहित ढुँसीका १६ नयाँ प्रजाति पत्ता लगाइसकेका छन् ।


काठमाडौं । विश्वमै नयाँ प्रजातिको ढुँसी पत्ता लागेको छ । यो ढुँसी सेता चामलका पीठो जस्तो देखिने छ । तरकारी तथा फलफूलजस्ता बनस्पतिमा देखिने एक प्रकारको सेता पीठोजस्तो रोग अनुसन्धानकोक्रममा विश्वमै नयाँ प्रजातीका ढुसी भएको अनुसन्धानकर्ता डाक्टर महेश अधिकारीले बताए । डा अधिकारीको नेतृत्वमा उक्त अनुसन्धान गरेका थिए ।

अनुसन्धानको नतिजा माइकोलजिकल सोसाइटी अफ जपानको जर्नल ‘माइकोसाइन्स’मा हालै प्रकाशन गरेको छ ।
ती सेता ढुँसीले काँक्रा, धिरौला फर्सी र नासपातीजस्तामा ‘पाउडरी मिल्डिउ’ रोग लाग्ने अधिकरीले बताए ।

मुख्य अनुसन्धानकर्ता डा महेश अधिकारीले करिब ७ वर्षदेखि अनुसन्धानरत थिए । तर त्यो अनुसन्धान नेपालमा अपूर्ण हुने देखिए पछी मार्टिन लुथर किङ्ग जर्मनका वैज्ञानिक डा वी ब्राउनसँग डाक्टर सम्पर्क गरेका थिए । ब्राउनले पनि जपानी अनुसन्धानकर्ता डा जम्जान मीबून र डा सुसुमु टाकामाट्सुसँगको सहकार्यमा आधुनिक खालका पिसिआर र डीएनए सिक्वन्सिङ गरेपछि पत्ता लागेको थियो ।

नेपाली अनुसन्धानकर्ता डा. अधिकारीले गरेको अनुमान सही सावित भएका थियो । डा. अधिकारीले योसहित ढुसीका १६ नयाँ प्रजाति पत्ता लगाएको बताउँछन ।

अनुसन्धानकर्ताहरुले उक्त ढुंसीको नामाकारण ‘लेवेइल्लुला बुड्लेजाइ’ राखेको छ । भिमसेनपातीको पातमा पाइएकोले कारण ढुसीको नाम लेवेइल्लुला बुड्लेजाइ रहन गएको बताइन्छ ।

सुरुमा पाउडरी मिल्डिउ जस्ता देखिने नुमुना उपत्यका दुई स्थानबाट डा महेश अधिकारीले संकलन गरेका थिए ।

यो अनुसन्धानले तरकारी बालीमा देखिएका सेता ढुँसीजन्य रोगको नियन्त्रणको लागि थप अध्ययन गर्न मद्दत हुने बताइएको छ ।

ढुसीलाई भुवा, झुस वा ढुँडी पनि भनिन्छ ।  पशु र वनस्पति वर्गमा नपर्ने, चीसो लागेर चीजबीज सड्दा उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको जीव हो । ढुसी फन्जाइ जगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

सम्बन्धित सामाग्री

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×