February 12, 2025

‘विज्ञान र संस्कृतिः सम्वन्ध र अन्तर्य’को दोस्रो कार्यक्रम त्रि-चन्द्रमा हुने


तस्बिरः डा महेशकुमार अधिकारी

काठमाडौं । ‘विज्ञान र संस्कृतिः सम्वन्ध र अन्तर्य’को दोस्रो कार्यक्रम रसायनशास्त्र विभाग त्रिचन्द्र क्याम्पसको आयोजनमा सरस्वती सदन घण्टाघरमा  माघ ८ गते हुने भएको छ ।

कार्यक्रममा नेपालका च्याउ वैज्ञानिक डा. महेशकुमार अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् । उनी विश्वमै १६ वटा ढुंसीका नयाँ प्रजाति पत्ता लगाउने वैज्ञानिक हुन् । नेपालकालागि भने ३५० वटा प्रजाति पत्ता लगाइसकेका छन् ।

मनुस्मृत, महाभारतलगायत थुप्रै पौराणिक ग्रन्थमा पनि च्याउको विशेषताको वर्णन गरेको च्याउविद् डा अधिकारी बताउँछन् । उपत्यकाको नेवार समुदायले जात्राको अवसरमा विषालु च्याउ चिनाउन मुकुट लगाएर प्रदर्शन गर्ने गरेको पाइन्छ ।

आयूर्वेदमा च्याउको फाइदा र वेफाइदाका बारेमा थुप्रै वर्णन गरिएको पाइन्छन् । तर नेपालमा अझै पनि च्वाउ खाएर वर्षेनी  दर्जन मानिस मर्ने गरेको सरकारी आंकडा छ । यद्यपी,  च्याउको मात्रै वर्णन गरिएको ‘चरक संहिता’मा उल्लेख भएको च्वाउविद् डा. अधिकारीको भनाइ छ ।

च्वाउमा हालसम्म भएका वैज्ञानिक अनुसन्धान तथ्य प्रस्तुत गरिने छ । जसले नेपाली विद्यार्थीहरुलाई च्वाउमा नयाँ अध्ययन अनुसन्धान गर्न प्रेरणा मिल्ने रसायनशास्त्र विभागका स्नातकतकोतर कार्यक्रमका संयोजक डा सुरेन्द्रकुमार गौतमले बताए  ।  

उक्त कार्यपत्रमाथि विवेचना नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टका उपकूलपति प्राडा जीवराज पोखरेले गर्नेछ र आगामि दिनमा नास्टले अनुसन्धान भूमिका खेल्ने विषयमा छलफल हुने बताइएको छ ।

यसले त्रिचन्द्र क्याम्पसमा रसायनशास्त्रमा स्नात्तकोतर तहमा अध्ययनरत विद्यार्थीलाई फाइदा हुने आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

सम्बन्धित सामाग्री

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×