नास्टद्वारा उत्कृष्ट वैज्ञानिकहरू पुरस्कृत

 रिभोसाइन्स/काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान,नास्टले विज्ञान तथा प्रविधिको क्षेत्रमा समर्पण गरिरहेका वैज्ञानिक तथा पत्रकारलाई कदरस्वरुप पुरस्कार वितरण गरेको छ ।

विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार वैज्ञानिक डा. महेशकुमार अधिकारीलाई प्रधान गरिएको छ । नेपालको वनस्पति विज्ञानको क्षेत्रमा विगत चार दशकदेखि सक्रिय रही विशेषतः च्याउको वर्गीकरण, नामाकरण तथा नयाँ प्रजातिहरु पत्ता लगाउन योगदान पुर्‍याएका थिए । उनी विश्ककैलागि १६ औं ढुंसी पत्ता लगाउने व्यतित्व हुन् ।

नबिल विज्ञान तथा प्रविधि पुरस्कार त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागका प्रा.डा.मुकेशकुमार चालिसेलाई प्रदान गरिएको छ । प्राध्यापक चालिसेले नेपालमा पाइने बाँदर प्रजातिहरुको विशिष्टता र पहिचान सम्बन्धी अनुसन्धान गरेको थियो । त्यस बाहेक वन्यजन्तु संरक्षण सम्बन्धी पुस्तकहरु प्रकाशन गरेका छन् ।

त्रिवि जैविक प्रविधि केन्द्रीय विभागका प्रा. डा. रजनी मल्ललाई पनि नबिल विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गरिएको छ । प्राध्यापक मल्लले आधुनिक चिकित्सा क्षेत्रको चुनौतीको रूपमा रहेको एमडिआर ब्याक्टेरियालाई निर्मूल गर्न सक्ने क्षमता भएको व्याक्टेरियोफाज् भाइरसमा खोज गरेकी थिइन् । नेपालभित्रै “स्ट्रेप्टोमाइसिज्” ब्याक्टेरियाले निकाल्ने विशेष किसिमको रसायन औषधीजन्य पदार्थमा अनुसन्धान उनले गरेकी थिइन् । यस विधाको अनुसन्धान नेपालमै पहिलो पटक गरिएको बताइएको छ ।

चार जनालाई दिइने यस किसिमको पुरस्कार मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस् डा. रामकुमार अधिकारी र त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्रा. डा. अमर प्रसाद यादवलाई प्रदान गरिएको थियो ।

भुवनेश्वर प्रविधि पुरस्कार हिमालयन ब्रिक प्रा.लिलाई प्रदान गरिएको छ । नेपालका संरचनाहरुका लागि उपयुक्त, आधुनिक, वातावरण मैत्री र भूकम्प प्रतिरोधी संरचना बनाउन उपयोगी र्इंटा निर्माण प्रविधि विकास गरी योगदान पु¥याएको उल्लेख छ ।

जीत बहादुर नकर्मी धातु प्रविधि पुरस्कार नेपालको सदियौैं पुरानो खुकुरी प्रविधिको संस्थागतरुपमा जगेर्ना एवं आधुनिकीकरणमा योगदान पु¥याए वापत भोजपुरका उर्मिला आरन उद्योगलाई प्रदान गरिएको छ ।

मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानका ऊर्जा अध्ययन केन्द्रलाई प्रदान गरिएको छ । केन्द्रले नेपालको ऊर्जा शिक्षामा उच्च अध्यापन, अनुसन्धान एवं प्रविधि विकास र नवीकरणीय ऊर्जाको प्रवद्र्धन गरी योगदान पु¥याएको उल्लेख छ ।

फणिन्द्र प्रसाद न्यौपाने अनुससन्धान पुरस्कार कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका मोहन महतोलाई दिइएको छ । महतोले सुख्खा सहनसक्ने धानका जातहरु, विभिन्न गाँजको र हारको अन्तरदुरीले धानबालीको वृद्धि तथा उत्पादनमा पर्ने प्रभावको बारेमा तुलनात्मक अध्ययन गरी निश्चित् अन्तरदुरीमा लगाउँदा बढी धान उत्पादनमा आधारित स्नातकोत्तरमा–शोधकार्य गरेको उल्लेख छ ।

दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागका प्रतिक्षा चालिसे र जैविक प्रविधि केन्द्रीय विभागका रोशन नेपाललाई दिइएको छ ।

वल्र्ड एकाडेमी अफ् साइन्सेस(ट्वास्) पुरस्कार डा. विष्णुप्रसाद मरासिनी र डा. सुजितकुमार शाहलाई प्रदान गरिएको छ ।

प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार त्रिवि पुल्चोक क्याम्पसका रोबोटिक्स क्लब र नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईलाई प्रदान गरिएको छ । अध्यक्ष भट्टराईले नेपालमा खगोल विज्ञानको विकास तथा प्रवद्र्धनमा एक दशकदेखि सक्रिय रही राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा योगदान पु¥याएका थिए ।

विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार रिभोसाइन्स मासिकका सम्पादक लक्ष्मण डंगोल प्रदान गरिएको छ । डंगोलले विज्ञान तथा प्रविधिका उपलब्धि, उपयोगिता र उपयोगी सूचनाहरूलाई सरल भाषामा प्रकाशन एवं विद्युतीय माध्यमबाट सर्वसाधारणसम्म पुर्‍याउदै आएको छ ।

विज्ञान पुरस्कार खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटालाई प्रदान गरिएको छ । डा. सापकोटाले भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धी आधारभूत र ठूला भूकम्पजाँदा हिमालय खण्डमुनि भ्रंश–प्रसार (रप्चर प्रोपाग्रेसन) हुने प्रकृया सम्बन्धी विषयमा अनुसन्धान गरेका थिए ।

डा. सापकोटाले वि.स. १९९० सालको भूकम्प र त्यस अघि गएका भूकम्पहरुले छोडेर गएका भू–स्वरुपीय प्रमाण (जियोमर्फिक इभिडेन्स)हरुलाई एकीकृत विधिबाट अनुसन्धान गरी योगदान पु¥याएको उल्लेख छ ।

प्रविधि पुरस्कार त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसका डा. हेमराज पन्तलाई प्रदान गरिएको छ । डा. पन्तले वायु, पानी प्रशोधन, ऊर्जा उत्पादन र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याएको “नानो–मेम्ब्रेन मटिरियल्स” लाई “इलेक्ट्रोस्पिनिङ्ग” प्रविधिबाट “नानो–मेम्ब्रेन” विकास गरेको उल्लेख छ ।

विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. नारायणप्रसाद गैरे (गोल्डेनगेट इन्टरनेशनल कलेज), डा. विष्णुप्रसाद पाण्डे, (इन्टरनेशनल वाटर म्यानेज्मेन्ट इन्स्टिच्यूट, नेपाल कार्यालय), डा. प्रमोद पौडेल(नेशनल कलेज), डा. दीप नारायण शाह, (आइयूसिएन), डा. प्रेम सिंह साउद (कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलाली) लाई प्रदान गरेका छन् ।

सोही अवसारमा प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ५० लाख राशीको भूवनेश्वर पुरस्कार स्थापना गर्नु हुने भूवनेश्वरलाल प्रधानलाई सम्मान गरे ।

मन्त्री पोखरेलले सरकार विज्ञान–प्रविधिको क्षेत्रमा अनुसन्धान र विकास जाेड्न चाहेकाे बताउँदै पुरस्कृत युवा वैज्ञानिहरुलाई निरन्तर अनुसन्धानमा लाग्न आग्रह गरे ।

नास्टका उपकुलपति  प्रा. डा. जीवराज पोखरेलले प्राज्ञिक योगदान, वैज्ञानिक उपलब्धी, समाजमा कामको प्रभावजस्ता आधारमा हरेक वर्ष पुरस्कार वितरण गर्दै आएको बताए ।