/विज्ञान सडक उत्सब हुने

विज्ञान सडक उत्सब हुने

उत्सब निःशुल्क हुनेछ । समय विहानी १० बजे देखि बेलेकी ६ बजे हुनेछ ।

ललितपुर । जेठ २८ र २९ गते विज्ञान सडक उत्सब हुने भएको छ । नेपाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(नास्ट) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा दुई दिने उत्सब ललितपुरको जावलाखेल मैदानमा गर्न लागिएको नास्टले जनाएको छ ।

नास्टको प्रचार प्रसार तथा प्रवर्द्धन माहाशाखाका अनुसार सर्वसाधरण, विद्यार्थी तथा वैज्ञानिक समुदायलाई एउटै मञ्चमा भेला गराउने उद्देश्य रहेको छ । जसमार्फत् सर्वसाधरणमा वैज्ञानिक चेतना जागरण हुने र विज्ञानको महत्व बुझाउन सरल हुने ठानिएको छ ।

‘वैज्ञानिक संस्कार प्रवर्द्धन गर्ने उद्देश्यले विज्ञान सडक मेला गर्न लागिएको हो. त्यसैकारण उत्सवको नाम ‘साइन्स स्ट्रिट फेस्टिवल’ दिइएको छ,’कार्यक्रम संयोजक लुना बर्जाचार्यले भनिन् । उनका अनुसार सरकारी तवरबाट आयोजना गर्न लागिएको पहिलो उत्सब हो ।

उनले उत्सब निःशुल्क हने बताइन् । उत्सब विहान १० बजे देखि बेलेका ६ बजे चल्नेछ ।

उत्सबमा हुने गतिविधि

उत्सब विज्ञान विषयको विधामा भएको अनुसन्धान, अनुसन्धानको नतिजा, विज्ञान तथा प्रविधिको क्षेत्रका संघ-सस्थाले गरेका कामहरु प्रर्दशनी गरिन्छ ।

डकुमेन्ट्री प्रर्दशनीः नास्टले तयार पारेका तथा विभिन्न विज्ञानका विधाको ‘डकुमेन्ट्री’ प्रर्दशनी हुनेछ ।

सांगितिक कार्यक्रमः विविध विधाका मौलिक लोकसांगितिक कार्यक्रम हुनेछ ।

खाना स्टलः वहुभाषिक वहु-सांस्कृतिक मुलुकमा पाइने खानाका परिकार उपलब्ध हुनेछन् । खानासँग भित्रिएका प्रविधिका बारेमा जानकारी पनि दिइनेछ ।

बालबालिका लागि आर्कषण केन्द्रः बालबालिकालाई विज्ञानको विषयमा जानकारी दिन बालबालिका लक्षित गरेर विज्ञान तथा प्रविधि पार्क हुनेछन् । जसमा रोबट, ड्रोन, गेम र विभिन्न खाले विज्ञानका खेल हुनेछन् ।

वैज्ञानिकसँग प्रश्नः सर्वसाधरणले वैज्ञानिक समुदायसँग आफूलाई मनलागेको कुरा सोध्ने अवसर दिइनेछ । सोही समय पत्रकारले सर्वधारणसँग विज्ञानका विषयको धारणाका बारेमा प्रश्न सोध्ने अवसर दिइनेछ ।