2025-07-01

के ब्रह्माण्ड साच्चिकै विस्तार भइरहेको छ ?

उपेन्द्र ढुंगाना

मानव सभ्यताको विकाससँगै हजारौ वर्षदेखि खगोलशास्त्रीहरुलाई ब्रह्माण्ड कत्रो छ, यो कहाँसम्म फैलिएको छ, के यसको कुनै किनारा पनि छ वा यो अनन्त रुपमा फैलिएको छ भन्ने प्रश्न आइरहेको थियो ।

सन् १९२९ मा अमेरिकन वैज्ञानिक एडविन हबलले जब ब्रह्माण्ड फैलिरहेको पत्ता लगाए तब यो खोजले विज्ञान क्षेत्रमा एक तरंग ल्याउन सफल रह्यो ।

पश्चिमा र प्राचीन पूर्वीय सभ्यताहरुले यस सम्बन्धि आफ्नो विचार दिने प्रयास गरेको पाइन्छ ।

ग्रिकहरुले यो प्रश्नको उत्तर खोज्न निकै प्रयास गरे तर त्यस समयको सिमित श्रोत र ज्ञानले गर्दा उनीहरुलाई ब्रह्माण्डको अवस्था बुझ्न गाह्रो भयो ।

यदी ब्रह्माण्ड सिमित छ भने त्यो भन्दा बाहिर के छ र यदि असिमित छ भने यो कहाँ गैरहेको छ भन्ने नयाँ प्रश्न उब्जिदा ग्रिक विज्ञहरुलाई ब्रह्माण्डको अवस्था खोज्न चुनौती रह्यो ।

पौरस्थ वेद पुराणले पनि यसको केहि जवाफ दिने प्रयास गरेको पाइन्छ । ऋगवेगको नासदीय सुक्तमा भनिए अनूसार शुन्यताबाट सुरु भएको ब्रह्माण्ड फेरी शुन्यतामै फर्कि रहेको भन्ने छ । 

यसले ब्रह्माण्ड सिमित छ वा छैन भन्ने कुरा भन्दा पनि ब्रह्माण्डको उत्पति भए पछि एक समयसम्म फैलिने र फेरी विनाश हुने संकेत गरेको पाइन्छ ।

आधुनिक विज्ञानको शुरुवातसँगै दुर्दर्शक यन्त्र (टेलिस्कोप) प्रयोग गरेर खगोलशास्त्रीहरुले अन्तरिक्षको अध्ययन सुरु गरें ।

सन् १८०० तिर जर्मन खगोलशास्त्री हेनरिक अल्बेर्सले ब्रह्माण्ड सिमित भएको विचार अघि ल्याए ।

उनी तर्क थर्थे, यदि ब्रह्माण्ड असिमित हुन्थ्यो भने पृथ्वीबाट  रातको समयमा देखिने असंख्य  ताराहरुको ज्योतिले रात्रि आकाश नै उज्यालो बनाउने थियो ।

तर रातमा अन्धकार भएकोले ब्रह्माण्डमा सीमित ताराहरु मात्र रहेको र ब्रह्माण्ड सीमित नै रहेको उनले बताए ।

जब आइज्याक न्यूटनले प्रतिपादन गरेको गुरुत्वाकर्षण सिद्धान्तले खगोलीय पिण्डहरुले एक अर्कालाई आफ्नो गुरुत्व बलले तानिरहेको कुरा सावित गरिदियो तब ब्रह्माण्ड सीमित भएको भए यहि गुरुत्व बलले ब्रह्माण्डको विनाश गरिसकेको हुने भन्ने विचार वैज्ञानिक समुदायमा उठ्न थाल्यो ।

ब्रह्माण्ड विनाशको दिशातिर नरहेकोले एकचोटी फेरी ब्रह्माण्ड असिमित नै रहेको कुरा अघि आयो ।

वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले जब आफ्नो सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरिरहेका थिए तब उनको गणितीय समिकरणले ब्रह्माण्ड फैलिरहेको वा खुम्चिरहेको देखाउन पुग्यो ।

उनको विचारमा ब्रह्माण्ड स्थिर रहेको हुदा यसलाई केवल एक त्रुटी सम्झेर सच्याउन पुगे ।

तर एडविन हबलले जब आफ्नो टेलिस्कोपले अध्ययन गर्दा लाखौ करोडौ प्रकाश वर्ष पार गरेको आकाश गङ्गाहरु टाढा टाढा गैरहेको पाए तब ब्रह्माण्ड फैलिरहेको कुराले नै मान्यता पायो ।

उनको यो खोजपछि आइन्स्टाइनलाइ नि आफ्नो  त्रुटी केवल त्रुटी नभएर एक खोज भएको भान भयो ।  

सन् १९१२ र सन् १९२२ को समयमा भएको  धेरै अध्ययनहरुले दुरीमा रहेको खगोलीय पिण्डहरुको वेभलेन्थ बढिरहेको देखाइरहेको थियो । 

यहि अध्ययन गर्ने क्रममा हबलले ति खगोलीय पिण्डहरु टाढा टाढा गइरहेको आकाश गङ्गाहरु रहेको पाएका थिए ।

उक्त खोज अनुसन्धानले ब्रह्माण्ड फैलिरहेको विचारलाई नै सहि सावित गरिदिदा फेरी नया प्रश्नहरु नि उब्जाएर गयो के ब्रह्माण्ड सधै फैलिरहन्छ वा केहि समयपछि फेरी खुम्चिन्छ ।

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×