वायु प्रदूषणको मारमा दिल्ली

दिल्लीको विद्यालयहरुमा प्रदूषणबाट बच्च थप ५० लाख मास्क वितरण गर्न लागिएको छ ।

तस्वीर सौजन्य: द इन्डियन एक्सप्रेस

पछिल्लो समय भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेसँगै त्यहाँको सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । त्यसअसरबाट जोगिन नोभेम्बर पाँचसम्म विद्यालय बन्द गर्न आव्हान गरेको छ ।

दिल्लीमा वायु प्रदूषणको मात्रा बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली “ग्यास च्याम्बर” मा परिणत भएको बताएका छन्।

दिल्लीको विद्यालयहरुमा प्रदूषणबाट बच्च थप ५० लाख मास्क वितरण गर्न लागिएको छ ।

हावामा हानिकारण प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा २० गुणा बढी पाइएको बीबीसीले उल्लेख गरेको छ ।

दिल्ली आसपास हरियाणा र पन्जाब राज्यका खेतीकिसानीले अन्नबाली भित्र्याएपछि खेतमा परालका ठूटा तथा घुस्यौटा जलाउँदा प्रदुषण बढेको हो । दिपावलीका बेला पटका प्रयोग पनि जिम्मेबार ठानिएको छ । सवारी साधानबाट निस्कने धुवाँ र कलकारखानाबाट निस्कने वायु प्रदूषण पनि जिम्मेवार देखिएको छ ।

छिमेकी हरियाणा र पन्जाब राज्यमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतमा ठूटा र खोस्टामा आगो लगाउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

×