‘विज्ञान प्रविधिमा साहित्य र कला कार्यक्रमको कार्यविधि’ तयार गरिने

–रिभोसाइन्स संवाददाता

२८ कार्त्तिक, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले विज्ञान प्रविधिमा साहित्य र कला कार्यक्रमको कार्यविधि तयार गर्न लागिएको छ ।

साहित्य, कला र पत्रकारिता मार्फत् विज्ञान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा कार्यविधि बनाउन समिति गठन गरिएको नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले बताए । विज्ञान, कला र साहित्यले समाजलाई पुर्नजीवन दिनेछ त्यसकालागि समाजको अभिन्न अंगको रुपमा विकास गर्न लागिएको उपुकुलपति श्रेष्ठले बताए ।

तीन हप्तामा कार्यविधि तयार गरिसक्ने लक्ष्य छ ।

प्राडा बुलन्द थापा , संयोजक

कार्यविधि लेखनका लागि नास्टका प्राज्ञ प्राडा बुलन्द थापाको संयोजकत्वमा सात सदस्य छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा गोबिन्द पौडेल,  नेपाल एकेडेमी अफ् फाइन आर्ट, नाफाका रमेशनाथ खनाल,  काठमाडौं विश्वविद्यालय स्कुल अफ् आर्टस्का सहप्राध्यापक सुजन चित्रकार, ललितकला क्याम्पसका डा. एमप्रसाद शर्मा, रिभोसाइन्सका लक्ष्मण डंगोल र नास्टका वरिष्ठ प्रवर्द्धन अधिकृत प्रियदर्शन मानन्धर सदस्य सचिव रहेका छन् ।

कार्यविधि लेखन समितिको पहिलो बैठक कार्त्तिक २७ गते सम्पन्न भएको संयोजक प्राडा बुलन्द थापाले बताए । संयोजक थापाअनुसार आगामी तीन हप्तामा कार्यविधि तयार गरिसक्ने छ ।

कार्यविधि तयार भएपछि सो क्षेत्रमा गरिने रचनात्मक कार्यक्रम तय हुनेछ ।

नास्टले सञ्चालन गर्न लागिएको विज्ञान प्रविधिमा साहित्य र कला कार्यक्रम कार्यविधि तयार गर्न प्रतिष्ठानले २०७६ भाद्र २४ गते निर्णय गरेको थियो ।

One response to “‘विज्ञान प्रविधिमा साहित्य र कला कार्यक्रमको कार्यविधि’ तयार गरिने”

  1. In my opinion this page is playing a vital role on journalism of science..

    best wishes for the developer of this website ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×