/सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड-२०२०को लोगो सार्वजनिक

सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड-२०२०को लोगो सार्वजनिक

काठमाडौं । सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो सार्वजनिक भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)ले आज सार्वजनिक गरेको लोगो ललितपुर निवासी सुनील खड्गीले डिजाइन गरेका हुन ।

नासोका अनुसार मंसिर-४ सम्म लोगो प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगितामा १ सय ५  लोगो प्राप्त भएको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

अध्यक्ष भट्टराईका अनुसार विजेतालाई पांच हजार नगत र प्रमाणपत्र दिइनेछ ।

नासोले सन् २०१३ देखि राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सम्वन्धी लोगो प्रतिष्पर्धा गर्दै आएको अध्यक्ष भट्टराईले बताए ।