शनिबार माइतीघर मण्डलामा गणितिज्ञहरुको प्रर्दशन हुने

काठमाडौं । नेपालमा पहिलो पटक कक्षा ११ र १२ को पाठ्यक्रममा गणित राख्न माग गर्दै माइतीघर मण्डलामा प्रर्दशन हुने भएको छ ।

सरकारले यसै शैक्षिक सत्रदेखि लागू हुनेगरी कक्षा ११-१२ मा अनिवार्य रुपमा समाजिक शिक्षा राखेपछि समस्या देखिएको हो ।

यसअघि विज्ञान संकायका भौतिक तथा जीव समूहका विद्यार्थीका लागि कक्षा ११मा गणित अनिवार्य अध्ययन गर्ने व्यवस्था थियो ।

गणितज्ञलाई चिड्याउँदै शिक्षा मन्त्री

भोली ११ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम शान्तिपूर्ण हुने भन्दै नेपाल गणित समाज, गणित शिक्षा परिषद्, नेपाल गणित केन्द्र, गणित विज्ञान ट्रस्ट, ओनिम्स र म्याथ्म्याटिकल एसोशिएशन अफ नेपालले संयुक्त विज्ञप्ती निकालेको हो ।

आजै बसेको गणितज्ञहरुको ६ वटा संस्थाका पदाधिकारीहरुको बैठकले सरकारले आफूहरुको मागको वेवास्था गरिएकोले आन्दोलन गर्ने निर्णयमा पुगेको नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले बताए ।

विज्ञप्तीमा भनिएको छ ‘सरकारले अफैद्वारा गणित विषयको समस्या र समाधानका लागि गणित उच्चस्तरीय समितिको प्रतिवेदन हालसम्म सार्वजनिक गरेको छैन ।’ प्रारुप निर्माण गर्दा आफूहरुलाई पतै नदिइ षडयन्त्रमुलक ढंगले पाठ्क्रमको संरचना बनाइएको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×