2025-07-11

कर्कश ध्वनीले सुताइमा कस्तो असर पार्दछ ?

शान्तसँग सुत्नु मानवको आधारभूत आवश्यकताहरु मध्ये एक हो । यसबाट मानिसको शरीरलाई पुनः ऊर्जा प्राप्त गर्न र शारीरिक अंगहरु तन्दुरुस्त राख्न मद्दत मिल्दछ । यसकारण वैज्ञानिकहरुले कर्कश ध्वनीलाई अवांछित आवाजको रूपमा वर्गीकृत गरेको छ ।

साधारणतया सवैप्रकारका कर्कश ध्वनीलाई अवाञ्छित आवाजको सूचीमा राखिएको पाइन्छ । जुन मानिसको दैनिक जीवनमा प्रभाव पार्ने खालका चर्का हरन, हवाइजहाजका आवाज, रेल तथा शहरी क्षेत्रमा सवारीसाधनका आवाजहरु जसलाई वातावरणीय ध्वनी प्रदुषणको रुपमा बुझिन्छ ।

त्यसैकारण पनि मानिसले सुन्न सक्ने क्षमताअनुसार ६०देखि ७० डेसिवल ध्वनीलाई साधारण मानिएको छ । यसलाई मानिसले सहनसक्ने दायरामा राखिएको छ । यदि त्यसमा १० डेसिवल (डिवी) मात्रै ध्वनी बढेमा मानिसको कानले दुईगुना बढी सुने वरावरको आवाजको रुपमा बुझ्ने वैज्ञानिक मान्यता छ ।

यद्यपी रातको समयमा जव मानिसहरु सुत्छन्, त्यसबेला मानिसको सुन्न सक्ने क्षमता पनि कम भएका हुन्छन् । विश्व स्वास्थ्य संगठन युरोप शाखाको रिपोर्ट २०१८ले रातको समय लागि ४० डिबी ध्वनीको सीमा निर्धारण गरेको छ ।

कर्कश ध्वनीले मानिसको सुन्नसक्ने क्षमता मात्र होइनन्, अन्य विभिन्न प्रकारका स्वास्थ्य समस्या निम्त्याउँछन् । यदि मानिस सुतिरहेको अवस्थाका कर्कश ध्वनीले त झनै उच्च जोखिम हुनेछ ।

विश्वस्वास्थ्य संगठन युरोप २०१८को रिपोटअनुसार लामो समय कर्कश ध्वनीमा मानिस बसिरहेका छन् भने मुटुले काम गर्न छाड्ने, चिनी रोग अन्य विभिन्न खाले समस्याहरु देखिन सक्छन् ।

त्यसकारण शान्तसँग सुत्नु मानिस स्वास्वास्थ्यका लागि एक मात्र माध्यम हो भन्छन्, ‘ल्वाटरी अफ रिजनल इन्भायोमेन्टल इसुज, ग्याजुएट स्कुल अफ इन्जिनियरिङका सहायक प्राध्यापक जुनता ट्यागुसरी । उनले पछिल्लो अनुसन्धानमार्फत् रातको समयमा हुने ‘कर्कश ध्वनी मापनको उपयुक्त तरीका सुझाएका छन् ।

ओकिनवा क्षेत्रको काडेना हवाइ उड्डामा अमेरिकी वायु सेना सक्रिए भैरहन्छन् । त्यस वरपर एक लाख घरहरु विमानबाट निस्कने कर्कश ध्वनी सुन्न वाध्य छन् । रातको समयमा कर्कश ध्वनी १ सय डिवीसम्म मापन गरेका छन् । सन् २०१४ मा वोकिनवामा उनले गरेको अध्ययनको आकँडालाई आधार बनाएर थप अनुसन्धान गरेको बताएका छन् ।

त्यस क्षेत्रमा कर्कश ध्वनीको प्रमुख स्रोत विमान भएको र विमान उड्ने वेलामा त्यसको इन्जिनबाट आउने ध्वनीले त्यस वरपरका मानिसलाई समस्या परेको उनको वुझाइ छ ।

त्यस्ता क्षेत्रका कर्कश ध्वनीको अनुसन्धानको आधारमा रातको समयमा निस्कने ध्वनीको अनुसन्धानमा सहयोग पुग्ने नयाँ गणितीय सूत्र उनले प्रतिपादन गरेका छन् । जस मार्फत् आवाशीय क्षेत्रका मानिसको स्वास्थ्यमा इपिडियोमियोलजिकल विश्लेषण गर्न सकिने उल्लेख छ ।

त्यसबाहेक कर्कश ध्वनीमा सुतिरहेका २० देखि ६० वर्षका उमेर समुहका मानिसहरुको शरीरको हलचलमा पनि अनुसन्धान गरेका छन् ट्यागुसरीले ।

आवाश क्षेत्रबाट हवाइ उडान क्षेत्र टाढै हुनु उत्तम हुने ट्यागुसरी भन्छन्, ‘त्यसको अर्को विकल्प भनेको रातको समयमा हवाइ उडानको तालिका परिवर्तन गर्न सकिन्छ ।’

ध्वनी र सुताइको सम्वन्धका बारेमा थप उजागर गर्न ट्यागुसरीले थप अध्ययन गर्दैछन् । त्यस्तै जपानको वाक्कानइ र होकाइडोमा कम आवृतिका ध्वनी निकाल्ने वायु उर्जाका टरवाइहरुले त्यहाँका मानिसहरुको सुताइ अवरोधमा अहिले पनि उनको अध्ययन जारी छ ।

त्यसको अलवा रातको समयको कर्कश ध्वनीले होकाइटो क्षेत्रका महिलाहरुमा कम जम्मदर र भ्रुण वृद्धिमा पारेको असरको बारेमा उनले अध्ययन गरिरहेको छ ।

कर्कश ध्वनीको असरले मानिसको स्वास्थ्यमा परेको नकारात्मक प्रभावको जाँचपडताल र समाधानको उपायले मात्र मानिसहरु स्वास्थ्य रहन सक्छन्, यसको दायित्व अनुसन्धानकर्ता र सरकारले लिन सक्ने ट्यायुसरी भन्छन् ।

प्रकाशित

समाचार

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

खानेपानी विभागको वित्तीय प्रगति उत्कृष्ट

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

चलचित्र विकास बोर्डमा ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन हुने

यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

खानेपानी विभागको वित्तीय प्रगति उत्कृष्ट

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

चलचित्र विकास बोर्डमा ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन हुने

यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

×