नेपालमा अन्तरिक्षसम्वन्धी विज्ञान प्रर्दशनी हुने

काठमाडौं। अन्तरिक्षसम्वन्धी विज्ञान प्रर्दशनी ‘स्पेश,  टेक र इनोभेसन’ हुने भएको छ । प्रर्दशनी सहयात्रा राष्ट्रका लागि युवाको आयोजनामा मंसिर १४ र १५ गते गर्न काठमाडौंको शंखपार्कमा गर्न लागेको हो ।

प्रर्दशनीमा नेपालमै वनेका साना रकेट राखिनेछ। यो रकेट ‘नियर एरो स्पेश’ नाम दिइएको नेपाली संस्थाले आफ्नै पहलमा बनाएका हुन् । त्यस्तै,  नेपालको पहिलो स्याटलाइट ‘क्यूवस्याट’ प्रर्दशनीमा राखिनेछ ।

नेपालमा गरुड र आरम्भजस्ता साना रकेट बनाउने समूह पनि छन् । तिनीहरुको थप सिप विकास गर्न राज्यले अन्तरिक्ष विज्ञानमा थप कदम चाल्न सकेका छैनन् । त्यसकारण यस्ता प्रर्दशनीले नेपाली युवा वैज्ञानिकहरुलाई थप हौसल्ला मिल्ने प्रर्दशनी संयोजक इन्जिनियर उपेन्द्र ढुंगानाले रिभोसाइन्सलाई बताए ।

संयोजक ढुंगानाका अनुसार अन्तरिक्ष प्रविधिमा नेपाली इन्जिनियरहरुको चासो बढ्दो छ । अर्को भनेको  ‘अन्तरिक्षसम्वन्धी कानून’ नेपालको छूट्टै छैन । यस समस्याले गर्दा नेपलमा थप रकेटसम्वन्धी अनुसन्धान तथा विकासमा समस्या देखिएको  संयोजक ढुंगानाको बुझाइ छ ।

दुई वर्ष अघि साना आकारका ‘रकेट’ को परिक्षण नेपालमा पहिलो पटक गरिएको थियो । सो परिक्षणबाट हौसिएर रकेट निर्माणमा लागि परेका युवाहरु दोस्रो परिक्षणको तयारीमा जुड्दै थिए । तर कोभिडको विश्वप्रकोपले उक्त योजना सफल हुन सकेन । त्यस अभियानलाई थप सहयोग पुग्नेगरी प्रर्दशनी गर्न लागेको आयोजकले जनाएको छ ।

प्रर्दशनीमा नेपाली कलाकारहरुले बनाएका अन्तरिक्षसम्वन्धी चित्र प्रर्दशनी राखिनेछ । त्यस्तै,  आकाशीय ग्रह र ताराको उत्पत्तिका बारेमा जानकारी दिने शैक्षिक खुराकहरु प्रशस्त हुने आयोजकले जनाएको छ ।

प्रर्दशनीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय  र नेपाल विज्ञान तथा प्रवधि प्रज्ञा प्रतिष्ठान (नास्ट)लगायत सह-आयोजकको रुपमा रहेको राष्ट्रका लागि युवाका अध्यक्ष डा. निकोलश भुषालले बताए ।

अध्यक्ष भुषालले करिब पाँच हजार मानिसले प्रर्दशनी अवलोकन गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×