केमिकल कंग्रेस काठमाडौमा हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय केमिकल कंग्रेस  ‘आइसीसी-२०२३’ विहिबारदेखि काठमाडौंमा हुने भएको छ ।

‘दीगो विकासका लागि रशायनशास्त्र’ नारा तय गरिएको सम्मेलन जेठ ११ देखि १३ गतेसम्म बुढानिलकण्ठस्थित पार्क भिलेज होटलमा सञ्चालन हुनेछ ।

नेपाल केमिकल सोसाइटीले रसायनशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर सो सम्मलेन आयोजना गर्न लागिएको हो ।

सोसाइटीका अनुसार चीन, कोरिया,  जापान,  वांग्लादेश, भारत  र नेपालका करीब तीनसय वैज्ञानिक तथा सोधार्थी सहभागी हुनेछ । सम्मेलनमा उपस्थित साँढे दुई सय वैज्ञानिकले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछ ।

सम्मेलनमा विषयगत प्रस्तुति— प्राकृतिक उत्पादन र औषधि तथा नरम पदार्थहरु,  अति सूक्ष्म ‘न्यानो मटिरेल’ तथा उन्नत पदार्थ,  रसायन तथा जैविक पदार्थ, इलेक्ट्रोकेमेस्ट्री तथा उर्जा उत्पादमा प्रयोग हुने पदार्थ, वातावरण र स्वास्थसँग सम्मन्धित मौखिक प्रस्तुति हुनेछ ।

त्यस बाहेक वायु प्रदुषणले मानवीय स्वास्थमा समस्या तथा समाधान कसरी गर्न सकिन्छ भन्ने छुट्टै अन्तर्क्रिया हुनेछ ।

सो सम्मेलन परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले उद्घाट्न गर्ने कार्यक्रम तय गरिएको सोसाइटीका महासचिव डा. महेश कुमार जोशीले रिभोसाइन्सलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×