अन्तर्राष्ट्रिय केमिकल कंग्रेस सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय केमिकल कंग्रेस  ‘आइसीसी-२०२३’ सम्पन्न भएको छ । ‘दीगो विकासका लागि रशायनशास्त्र’ नारा तय गरिएको सम्मेलन जेठ ११ देखि १३ गतेसम्म बुढानिलकण्ठस्थित पार्क भिलेज होटलमा सञ्चालन भएको थियो ।

नेपाल केमिकल सोसाइटीले रसायनशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर सम्मलेन आयोजना गरेको थियो ।

सोसाइटीका अनुसार चीन, कोरिया,  जापान,  वांग्लादेश, भारत  र नेपालका करीब तीनसय वैज्ञानिक तथा सोधार्थी सहभागी थिए । सम्मेलनमा उपस्थित साँढे दुई सय वैज्ञानिकले आफ्नो कार्यपत्र प्रस्तुत गरे ।

सम्मेलनको पहिलो सत्रमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले उद्घाट्न गरेका थिए । मन्त्री साउदले मानवीय जीवनमा रशायनशास्त्रको अनुसन्धान्तमक क्रियाकलापले मुलुकको सम्वृद्धिमा टेवा पुग्ने बताए ।

सो वैज्ञानिक सम्मेलनमा प्राकृतिक उत्पादन र औषधि तथा नरम पदार्थहरु,  अति सूक्ष्म ‘न्यानो मटिरेल’ तथा उन्नत पदार्थ,  रसायन तथा जैविक पदार्थ, इलेक्ट्रोकेमेस्ट्री तथा उर्जा उत्पादमा प्रयोग हुने पदार्थजस्ता विषयमा अनुसन्धानकर्ताहरुले आ-आफ्ना प्रस्तुती दिएका थिए ।

सम्मेलनको दोस्रो दिन ‘वातावरण र स्वास्थसँग सम्मन्धित मौखिक प्रस्तुतिमा छलफल गरिएको सोसाइटीका अध्यक्ष डा. सुरेन्द्र कुमार गौतमले बताए ।

त्यस्तै, विश्व स्वास्थ्य संगठन नेपालका राजाराम पोटे श्रेष्ठ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एकदेव खनाल, त्रिविका प्राध्यापक डा. रेजिना मास्के, युएसएड नेपालका श्रृषा नन्ख्वा र जनस्वास्थ्य विज्ञ रीतिका केसीले वातावरणीय स्वास्थको भूमिका, समस्या तथा समाधानमा चुनौतीका विषयमा छलफल गरिएको थियो । नेपालमा वायू प्रदुषणको उच्च जोखिम देखिएकोले त्यसको न्यूनीकरणको उपायमा ततकाल लाग्नु पर्ने अधिकांश विज्ञको भनाइ थियो ।

सोसाइटीका महासचिव डा. महेश कुमार जोशीले यस कंग्रेसमा प्रस्तुत भएका सम्पूर्ण अनुसन्धानात्मक संक्षित लेखोट प्रकाशन गरिएको बताए । उनले आगामी दिनमा पनि सोसाइटी यस्ता सम्मेलन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×