2025-10-15

‘इनोभेटएक्स्पो’ सम्पन्न

काठमाडौं । खुट्किलाले आयोजना गरेको ‘इनोभेटएक्स्पो’ सम्पन्न भएको छ । टेक्सपायर रोबटिक्स क्लबसँगको सहकार्यमा एक्स्पो आयोजना गरिएको थियो ।

साउन ३१ र ३२ गते चलेको एक्स्पोमा विद्यालय तहका विद्यार्थीहरूले विभिन्न किसिमका नमुनाहरू प्रदर्शन गरेका थिए । कक्षा ४ देखि १२ कक्षाका विद्यार्थीहरूले रोबोरेस, रोबोसुमो र रोबोसोसर जस्ता खेलमा प्रतिस्पर्धा गरेँ ।

रोबटिक्स प्रतिस्पर्धा

रोबोसुमोमा ‘फेअर प्ले’को उपाधि युनिग्लोब कलेजले प्राप्त गर्‍यो । उत्कृष्ट टिमको उपाधि जेभियर्स एकेडेमीले प्राप्त गरेँ । त्यस्तै, दोस्रो र पहिलो रनर अपको उपाधि पनि जेभियर्स एकेडेमीले प्राप्त गर्‍यो । रोबोसुमोको विजेता पाठशाला नेपालले हासिल गरे ।

रोबोरेसमा फेअर प्लेको पुरस्कार पिपुल्स एकेडेमीले प्राप्त गरेका थिए । उत्कृष्ट टिमको उपाधि हाइ भ्यू स्कूले प्राप्त गरे । दोस्रो र पहिलो रनर अपको उपाधि क्रमशः ग्रेसल्याण्ड एकेडेमी र  ब्राइट होराइजन चिल्ड्रेन एकेडेमीले प्राप्त गर्‍यो। रोबोरेसको विजेता पाठशाला नेपाल बन्न सफल भए।

त्यसैगरी, रोबोसोसर प्रतिस्पर्धामा  फ्यर प्लेको पुरस्कार फ्लाेम्स प्राप्त गरे । उत्कृष्ट समूह द पिजि बन्यो । दोस्रो र पहिलो रनर अपको उपाधि क्रमशः रुलिङ व्यज र  शाषणले प्राप्त गर्‍यो। राेेबोसाेसरको विजेता बलियो पाठशाला बन्यो ।

नमुना प्रदर्शनी

प्रदर्शनी तर्फ उत्कृष्ट टिमको पुरस्कार युनिक एकेडेमीले प्राप्त गरेँ । उत्कृष्ट आइडिया गणेश इङ्ग्लिस स्कूलले प्राप्त गर्‍यो । उत्कृष्ट प्रस्तुति भ्याली भ्यू स्कूलले प्राप्त गरेँ ।

त्यस्तै, प्रर्दशनी तर्फकै दोस्रो र पहिलो रनर अप क्रमशः शिक्षालय नेपाल र सीसीआरसी कलेज भएको थियो । प्रदर्शनीमा विजेता भने नेपत्थ्य कलेज बुटवल बन्न सफल भए ।

यस रोबोटिक्स तथा इनोभेसन प्रतिस्पर्धाका विभिन्न विधामा कूल साँढे एक लाखको नगद पुरस्कार तथा पचास हजार बराबरको उपहार प्रदान गरेको आयोजकले जनाएको छ ।

नेपालमा विद्यालय तहका विद्यार्थीहरु माझ रोबोटसम्बन्धी रचनात्मक क्रियाकलापहरु कम हुने हुँदा नवप्रवर्तन् र प्रर्दशनीको फ्यूजन गरेको खुट्किलाको प्रवन्ध निर्देशक सुगम ढकालले बताए ।

उनकाअनुसार एक्स्पोमा ६० समूहले भाग लिएका थिए । विद्यार्थीहरूले रोबटिक्सको प्रयोग नवीकरणीय ऊर्जा, सहरी तथा ग्रामीण भेगमा उच्चतम प्रयोग गर्न सकिने मोडेल प्रदर्शनी गरेका थिए ।

मा अद्यावधिक गरिएको

One response to “‘इनोभेटएक्स्पो’ सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

बायोडिग्रेडेबल मेन्सुरेसन कपले प्रजनन स्वास्थ्य निगरानी राख्न सकिने

आन्दोलनका क्रममा बीमा दाबी रकम २३ अर्ब नाघ्यो

नोबेल शान्ति पुरस्कार २०२५: भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई प्रदान

एलर्जी अनुसन्धानमा बिरामी संलग्नता आवश्यक

नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्रास्नाहोर्काईलाई प्रदान

×