2025-10-03

भीरकोटमा कृषि र पशु विकासमा परियोजना

तश्बिर: प्रकाश डोटेल

स्याङ्जा । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोट नगरपालिकाका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।

कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँग मिलेर काम गर्न सुरु गरेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । नगरका अधिकांश भाग पहाडी क्षेत्र भएको भीरकोटमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर उत्पादनसँगै बजारीकरण गर्ने उद्देश्यले विशेष कार्यक्रम शुरु गरिएको छ ।

परियोजनाले कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने छ । कार्यक्रमले कृषि उत्पादन र बजारीकरण महत्वपूर्ण सहयोग पुर्‍याउने नगरपालिकाले विश्वास लिएको छ । महिला तथा पछाडि परेको समुदायलाई परियोजनाले उद्यमशीलतामा जोड्ने प्रयास गरिने भएको छ ।

नगरका नौं वडाका न्यून आय भएका घरपरिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिए । उनका अनुसार विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुनेछ

परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।

भीरकोट नगरपालिकाको समन्वयमा हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सञ्चालन हुनेछ । २० महिने अवधिका लागि संचालन हुने परियोजनाका लागि तीन करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरिएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×