2025-08-19

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

जोरपाटी अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुल (विआइएस)को प्रिन्सिपलका रूपमा कार्यरत छन्, हरि लामा । उनी सन् १०१६ मा विज्ञान विभागको प्रमुखको रूपमा विआइएस जोडिएका थिए। त्यसपछि, सन् २०१७ देखि उनी प्रिन्सिपल रूपमा कार्यरत छन् ।

पिता होमबहादुर  लामा र आमा नरी लामाको पुत्रको रूपमा वि.सं. २०३५ सालमा धरानमा जन्मेका हुन उनी । उनी भन्छन्, ‘एसएलसीसम्मको शिक्षा सिन्धुलीको सिन्धुलीमाडी गौमते माविबाट दिइयो । आइएस्सी जनकपुर, विएस्सी त्रिचन्द्र कलेज र एमएस्सी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर काठमाडौँबाट प्राणीशास्त्रमा स्नातकोत्तर सकाए ।’

पछिल्लो समय उनले भारतको दिल्ली अवस्थित ओम विश्वविद्यालयबाट ‘ट्राउट’ माछामा विद्यावारिधि गर्दै छन् । शिक्षा क्षेत्रमा २६ वर्ष बिताएको उनी सुनाउँछन् । सन्दर्भमा, बौद्ध इन्टरनेशनल स्कुलका प्रिन्सिपल हरि लामासँग रिभोसाइन्सले गरेको कुराकानीको सम्पादित अंश:

विद्यालय स्थापना गर्न पर्ने मूलभूत उद्देश्य केके थिए ?

विद्यार्थीलाई कसरी विश्वका अन्य मुलुक सरह शिक्षा दिन सकिन्छ । हाम्रा विद्यार्थीलाई विश्वका अन्य मुलुकका विद्यार्थीहरू सरह बनाउने उद्देश्य रहेको थियो । त्यहीअनुरूप हामीले पठन-पाठन गराउँदै आइरहेका छौँ। शिक्षामा अभिमुखीकरणमा काम गरिरहेको छ ।

शिक्षक, कर्मचारी र विद्यार्थी कति छन् ?

शिक्षक र कर्मचारी जम्मा १ सय ५० जना छन् । दश कक्षासम्म विद्यार्थी सङ्ख्या ७५६ र प्लस टु (साइन्स र म्यानेजमेन्ट) मा २५१ विद्यार्थी छन्।

विशेष गरी विद्यार्थीहरूलाई के-के कुरा अध्यापनमा जोड दिइन्छ ?

नेपाली पाठ्यक्रमलाई क्याम्ब्रिजसँग ब्रिजिङ गरेर एउटा पाठ्यक्रम बनाइएको छ । त्यसलाई नै पछ्याउँदै आइरहेका छौँ । हामीले कक्षा ७ सम्म क्याम्ब्रिज पाठ्यक्रम लागू गरेका छौँ । अर्को वर्ष कक्षा ८ सम्म गर्ने योजना छ ।

यसरी अध्यापन गराउँदा के फाइदा हुन्छ?

कोभिड अगाडि हामीसँग सिंगापुरका केही विद्यार्थीहरू अध्ययनरत थिए । पछि उनीहरू नेपाल छोडेर त्यहाँ जाँदा पढाईंमा कुनै किसिमको समस्या भएन। त्यस्तै, हामीसँग विदेशी कुटनीतिकका बालबालिकाहरू पनि थिए । ‘क्याम्ब्रिज कोर्स’ राख्नु मुख्य उद्देश्य भनेको ‘ग्लोबलाइजेसन’को जमानामा—जो—जहाँ पनि गएर अध्ययन गर्न सक्छन्, त्यसका लागि सहयोग होस् भनेर लागू गरिएको हो। यहाँ अध्ययन गरेपछि विदेशी विद्यालयमा सजिलै अध्ययन गर्न सकोस् भन्ने हो। सोही अनुसार भएको पनि छ  ।

विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा कतिको सिकाउनु हुन्छ ?

हामीसँग १७ वटा अतिरिक्त क्रियाकलापकालागि  इसिए  क्लब छन् ।  सोही अनुसारको प्रशिक्षक व्यवस्था गरिएको छ । यसले विद्यार्थीले आफ्नो रुची अनुसार खेल वा कलामा लाग्न सजिलो हुनेछ । तर हामीले के कुरा बिर्सन हुँदै भने, हामी नेपालमा छौँ भनेर!  

कहिलेकाहीँ प्रश्न उठ्छ, नेपालमा किन सैद्धान्तिक किसिमका शिक्षण हुन्छन् भनेर । किन (?) प्रयोगात्मक हुन सकेन । किन सैद्धान्तिक मात्र भयो भन्ने छ। यसको मुलत: कारण नेपाली पाठ्यक्रम अत्यधिक छ ।  प्रयोगात्मक हिसाबले अहिलेको पाठ्यक्रमलाई लागू गर्ने हो भने सकाउन कम्तीमा दुई वर्ष लाग्नेछ । उदाहरणका लागि कक्षा १० को विज्ञानलाई लिन सकिन्छ । अहिले १९ वटा पाठ छन् । त्यसलाई प्रयोगात्मक रूपमा शिक्षा दिने हो भने कम्तीमा दुई वर्ष लाग्ने हुन्छ ।

सार्वजनिक बिदा धेरै भएर पनि हो कि?

विदेशतिर वर्षमा १ सय ५० दिन विद्यालय लगाएको पाइन्छ । सरकारले भनेको अनुसार हामीले २ सय २० दिन विद्यालय खोल्नेछौं । सार्वजनिक बिदाले त्यस्तो भएको होइन । पाठ्यक्रमको अत्यधिक भार भएर शिक्षकले सैद्धान्तिक रूपमा नै केन्द्रित हुनुपर्ने बाध्यता छ।

भनेपछि करिकुलम (पाठ्यक्रम) छोट्याउनु पर्दछ ?

हाम्रो पाठ्यक्रम निकै राम्रा छन् , तर धेरै छन् । यसलाई कम गर्‍यो भने विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा केन्द्रित हुन सकिन्छ । अनि अतिरिक्त क्रियाकलाप तथा जीवन उपयोगी शिक्षालाई अझ बढवा दिन सकिन्छ ।

आजभोलि नवप्रवर्द्धन तथा उद्यमशीलताका कुरा उठिरहेका छन्, के तपाईँहरूले विद्यार्थीहरूलाई यस्ता कुरा सिकाउनुहुन्छ?

इसिए (अतिरिक्त क्रियाकलापहरू) र सिसिए (सह-पाठ्यक्रम गतिविधिहरू)मा त्यो पाटोमा कुरा गरेँ। बालबालिकालाई उन्नत शिक्षा दिन हामीले ‘लाइभ स्किल्स’ भनेर राख्या छौँ । विषय अनुसारसँग मेल खाने जीवनोपयोगी शिक्षामा जोड दिइएको छ ।

पछिल्लो समय स्मार्ट क्लासको पनि कुरा आइरहेका छन्, यसमा कतिको ध्यान दिनु भएको छ ?

इट्स अ पार्ट अफ् एडुकेशन अर्थात् यो शिक्षाको अङ्ग हो । यो नभई बालबालिकालाई कन्भिन्स गर्न सकिँदैन । अहिलेका बालबालिका फोकस गराउन पनि कतिपय अवस्थामा नभई नहुने हुन्छ ।

रोबटिक्सको कक्षा पनि हुन्छ?

हामीले पहिले रोबटिक्सको क्लास राखेका थियौँ। अहिले सफ्टवेयरमा अलि फोकस भएका छौ । ‘प्यान्थर र स्क्रयाज’ जस्ता सफ्टवेयर चलाउँछन् ।  हाम्रा बालबालिकाहरूले सफ्टवेयर डेभलभमेन्ट गरेका छन्। मोबाइल एपहरू पनि उनीहरूले बनाएका छन् ।

आर्ट एन्ड क्राफ्टको कुरा कतिको हुने गर्दछ?

हाम्रो आर्ट क्लब र क्राफ्ट क्लब छुट्टै छन् । त्यसबाट रचनात्मक क्रियाकलाप हुनेछ । आर्ट प्रतिशपर्धामा हाम्रा बालबालिकाले पुरस्कार जितेका पनि छन् । बालबालिका लागि आर्ट र क्राफ्टको कुरा उपयोगी सिद्ध भएको छ ।

विद्यालयमा इनोभेसन ल्याब छ ? वा बनाउने योजनामा हुनुहुन्छ ?

भर्खरै हामीले ‘रिसर्च एन्ड डेभलपमेन्ट (आ एन्ड डि)’ विभाग स्थापना गरेका छौँ । यसमा शिक्षक तथा विद्यार्थीहरू सदस्य हुन्छन्। यसको मुख्य उद्देश्य भनेको आ एन्ड डि मा अगाडी बढ्ने हो । इनोभेसन गर्ने भन्ने हो । तपाईँले सोच्नु भएको जस्तो इनोभेसन गर्ने डेडिकेटेड ल्याब भने छैन ।

आ एन्ड डि मा बजेट कसरी व्यवस्थापन हुन्छ?

यसमा अहिले विआइएसले व्यवस्थापन गर्नेछ । अनुसन्धानात्मक काम पनि शिक्षकले मात्रै गर्ने भन्ने फ्रेम वर्क बनेको छ । पछि विद्यार्थीहरू समेटिनेछ ।

कुन कुन क्षेत्रमा अनुसन्धान गरिनेछ ?

अहिलेको पारिवारिक सम्बन्ध विच्छेदका भएका बालबालिकामा केही डिस्ट्रयाक जस्तो देखिन्छ । त्यस्ता बालबालिकाको मेन्टल हेल्थ कसरी मझवुद बनाउने भन्नेमा केन्द्रित छौँ। आजभोलि मेन्टल हेल्थको बारेमा बालबालिका, शिक्षक तथा अभिभावकलाई पूर्ण जानकारी हुनुपर्छ भन्ने छ । यही क्षेत्रमा लागिरहेका छौँ ।

कतिपय बालबालिकालाई काउन्सिलसङको जरुरत पर्ने हुन्छ, त्यस्तो अवस्थामा के गर्नुहुन्छ?

विआइएसमा हामीले सोही विषय अध्ययन गरेर आउनु भएका परामर्शदाता नियुक्ति गरेका छौँ । उहाँहरूले बालबालिका मात्र नभई अभिभावकलाई पनि बुझाउनु हुनेछ ।

भनेपछि, बालबालिकामा मानिसिक स्वास्थ्य देखिएका छन् ?

बालबालिकामा विभिन्न किसिमको समस्या देखा पर्न सक्छन्, त्यसलाई एउटै मात्र फ्याक्टरले प्रभाव पार्दछ भन्ने हुँदैन । हामी ट्रान्जिसन टाइममा छौँ।  हामीले आफ्नो पुरानो संस्कृति पनि छोडेका छैनौँ । विदेशी संस्कृति पनि पुरै अँगालेका छैनौँ । यसरी हेर्दा बालबालिकामा अलमल जस्तो देखिन्छ भन्न खोज्या हुँ ।

विज्ञान प्रयोगशालाको अवस्था कस्तो छ?

पाठ्यक्रम निर्दिष्ट गरेअनुसार चाहिने उपकरण तथा प्रयोगशालामा चाहिने रासायनिक पदार्थ छन्। सफा र स्वच्छ स्थानमा राखिएको छ । हामीसँग नर्सरी देखि कक्षा १२ सम्मका लागि प्रयोगशाला छन् ।

शिक्षामा सुधार गर्न पर्ने कुरा गर्नुभएको थियो, केकेमा सुधार गर्नुपर्नेछ ?

पहिलो, पाठ्यपुस्तकमा भएको पाठको भार घटाउन पर्छ । दोस्रो, तीन घण्टे परीक्षा प्रणालीले मात्र विद्यार्थीको मूल्याङ्कन हुन सक्दैन । अहिले पनि, तीन घण्टाको परीक्षामा बालबालिकाले जति लेख्यो, त्यही हो उसको क्षमता भन्नेछ। यसलाई परिमार्जन गर्न पर्नेछ । कुरा उठेका छन्, तर पनि कक्षा ८, १० र १२ मा हुने परीक्षा तीन घण्टामा लेखेको भन्दा बाहेक कक्षामा उसले गरेको रचनात्मक गतिविधि कहीँ कतै मूल्याङ्कन हुँदैन । अहिलेको समयअनुसार यसमा सुधार गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा केही छिट्यो कि ?

शिक्षण पेसामा लागेर २६ वर्ष बिताइयो । हरेक वर्ष नयाँ बालबालिकासँग भेट्दा आफूलाई नयाँपन लाग्ने हुन्छ । शिक्षा क्षेत्र मात्र त्यस्तो क्षेत्र हो, जहाँ हरेक वर्ष नयाँ विद्यार्थीहरूमा साक्षात्कार हुनेछ । नयाँ विद्यार्थीमा हुने नयाँपनले मलाई आनन्दित लाग्दछ । नयाँ विद्यार्थी आउनासाथ उनीहरूको बानी व्यवहोरा फरक,  सोच्ने बोल्ने र उनीहरूको समस्या फरक खालका हुन्छन् । उनीहरूको समस्या समाधानको उपाय खोज्दा समय बितेको पत्तै हुँदैन । नेपालमा शिक्षण पेसालाई अन्तिम अवसरको रूपमा लिन्छन्। तर शिक्षा क्षेत्र सुधारिएको छ । विशेषतः निजी क्षेत्रमा पनि पहिलेको तुलनामा सुविधा राम्रो भएको छ। जिन्दगी चलाउन कुनै काम गर्नै पर्दछ । तर यो सामाजिक विकास तथा उत्तरदायित्व शिक्षा क्षेत्र भएकोले बालबालिकामा हामीले सिकाएका ज्ञान तथा सिप उनीहरूको मस्तिष्कमा कैद भैरहन्छन्। यसले समाज निर्माणमा भूमिका खेल्नेछ । यस कारण नयाँ पीढीलाई शिक्षण पेसा अपनाउन अनुरोध गर्दछु।

मा अद्यावधिक गरिएको

समाचार

परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री

सूचना प्रविधिमार्फत् सुशासन, विकास र समृद्धिलाई तीव्रता: प्रधानमन्त्रीको आग्रह

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

बीमाङ्कीय मूल्याङ्कन तथा समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न

वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानीमा वृद्धि

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री

सूचना प्रविधिमार्फत् सुशासन, विकास र समृद्धिलाई तीव्रता: प्रधानमन्त्रीको आग्रह

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

बीमाङ्कीय मूल्याङ्कन तथा समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न

वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानीमा वृद्धि

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

×