नयाँ मस्तिष्क निगरानी विधिले एपलेप्सी उपचारमा परिवर्तन हुन सक्ने

ओसाका, जापान । ओसाका विश्वविद्यालयका वैज्ञानिकहरूले रक्तनलीमार्फत मस्तिष्कको गतिविधि मापन गर्ने नयाँ तरिका विकास गरेका छन्, जसले खतरनाक शल्यक्रिया बिना नै मस्तिष्कको निगरानी गर्न सकिनेछ।

यो प्रविधीले एपलेप्सी रोगजस्ता समस्याको उपचारमा सहयोगी हुने तथा ब्रेन-कम्प्युटर इन्टरफेसको विकासमा पनि टेवा पुग्ने बताइएको छ।

हाल मस्तिष्कको गतिविधि सिधै मापन गर्न खोपडी खोल्ने वा मस्तिष्कमा इलेक्ट्रोड घुसाउने जस्ता जोखिमपूर्ण प्रक्रिया अपनाइन्छ। इइजी जस्ता सुरक्षित तरिकाहरू छन्, तर ती पर्याप्त सटीक छैनन्। नयाँ विधिले सुरक्षा र सटीकतामा सन्तुलन ल्याएको अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन्।

प्रोफेसर टाकुफुमि यानागिसावाको नेतृत्वमा अनुसन्धान टोलीले सुँगुरको मस्तिष्कमा रक्तनलीमार्फत पातलो तारजस्ता इलेक्ट्रोड राखेका थिए। ती इलेक्ट्रोडले परम्परागत विधिजस्तै सटीक तरिकाले मस्तिष्कको संकेतहरू टिपेको थियो। यसले भित्री मस्तिष्क क्षेत्रहरूबाट पनि संकेत टिप्न सक्ने क्षमता देखायो। त्यस्तै, मोटर कोर्टेक्समा इलेक्ट्रोडले अनुहार र काँधमा मांसपेशीको प्रतिक्रिया उत्पन्न गरायो।

अनुसन्धानकर्ता डा. टाकामित्सु इवाताले भने, “यो कम जोखिमयुक्त विधिले एपलेप्सी रोग र अन्य स्नायु सम्बन्धी समस्याको उपचारमा सुधार ल्याउनेछ।”

साथै, गहिरा मस्तिष्कको कार्यसम्बन्धी बुझाइमा सहयोग पुर्‍याउनेछ र ब्रेन-कम्प्युटर इन्टरफेसको नयाँ युग सुरु गर्नेछ, जसले गम्भीर पक्षघात भएका व्यक्तिहरूलाई उपकरणहरू नियन्त्रण गर्न र संवाद गर्न सक्ने उनको भनाइ छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

चालढालसँग सम्बन्धित हड्डीको अनुकूलनमा संलग्न प्रमुख प्रोटिनहरु पहिचान: अध्ययन

लिङ्नान विश्वविद्यालयको अनुसन्धानले उमेरअनुसार तनाव र सिर्जनशीलता फरक देखायो

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

अविरल वर्षा तथा बाढी–पहिरोबाट बीमा दाबी ७९०, हालसम्म ९६ दाबीमा करिब ११ करोड भुक्तानी

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

×