
काठमाडौं, जेठ ०६ । हिमालयन रिजर्भले जापानमा आयोजित प्रतिष्ठित ‘टोक्यो हिस्की एण्ड स्पिरिट्स कम्पिटिसन २०२६’ मा कांस्य पदक जित्न सफल भएको छ ।
गत वर्ष बेल्जियमको ब्रसेल्समा सम्पन्न मोन्डे सेलेक्सनमा स्वर्ण पदक जितिसकेको हिमालयन रिजर्भले यस पटक पुनः एसियाकै ठुलो र कठिन प्रतिस्पर्धा मानिने टिडब्लुएससीमा उत्कृष्ट प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।
टिडब्लुएससीमा जापानी विशेषज्ञहरूले ब्लाइन्ड टेस्टिङमार्फत उत्कृष्ट मदिरा छनोट गर्ने परम्परा रहेको छ। विश्वका दिग्गज डिस्टिलरीहरूसँग प्रतिस्पर्धा गर्दै हिमालयन रिजर्भले आफ्नो विशिष्ट गुणस्तर र शिल्पका कारण यो सम्मान प्राप्त गरेको हो।
यस उपलब्धिलाई यसको उत्पादक कम्पनी प्रिमियर डिस्ट्रीलरी लिमिटेडका लागि महत्वपूर्ण कोशेढुङ्गा मानिएको छ।हिमाली क्षेत्रमा उत्पादित मदिरा विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्षम प्रमाणित भएको कम्पनीले प्रेस विज्ञप्तीमा भनिएको छ।

Leave a Reply