ग्यालेक्सीमा विज्ञान प्रदर्शनी

galaxy

काठमाडौं– ग्यालेक्सी पब्लिक उच्चमाध्यमिक विद्यालयले आयोजना गरेको एकदिने विज्ञान प्रदर्शनीमा कक्षा ४ मा अध्ययनरत विदुषी अर्याल विज्ञान– प्रविधिको इतिहास व्याख्या गर्न व्यस्त थिइन् ।

नजिकै बेन्चमा लस्करै बसेका उनका सहयोगी चाहिँ आगन्तुकलाई वैज्ञानिकको फोटो र उनीहरूको आविष्कार सचित्र देखाउँथे । ‘स्वागत छ तपाईंलाई ! यी हुन्, ‘अलेक्जेन्डर ग्रामवेल, जसले हाम्रो लागि टेलिफोन आविष्कार गर्नुभयो,’ उनी उत्साहसाथ भन्दै थिइन् ।

g7

बालबालिकामा सिजर्नशीलता विकास गर्ने उद्देश्यले हरेक वर्ष विज्ञान प्रदर्शनी आयोजना गर्दै आएको संस्थापक प्रिन्सिपल गीता राणाले जानकारी गराइन् । ‘महान् वैज्ञानिकले प्रतिवादन गरेको सिद्धान्त र तिनीहरूको प्रयोगात्मक विधि विद्यार्थीले सजिलै सिकून् भनी प्रदर्शनी आयोजना गरिएको हो,’ राणाले भनिन् ।

g2
प्रदर्शनी अवलोकन गर्न आएका नेपाल विज्ञान–प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले यस्ता प्रदर्शनीले विद्यार्थीमा सिकाइ अभिवृद्घि गर्ने बताए । ‘हाम्रा स्कुले बालबालिका लागि उत्कृष्ट विज्ञान प्रयोगशाला, भवन छैनन् । छिमेकी मुलुक चीन, भारतले जसरी विज्ञान–प्रविधिको क्षेत्रमा लगानी बढाउनु आवश्यक छ,’ उनले भने ।

g5
युकेजीमा अध्ययनरत अन्नेसा थापा बोटविरुवा अंकुरणबारे बुझाउँदै थिइन् । नजिकै रहेकी उनकी साथी काइँयोले कपाल कोर्दै तल रहेको कागजको टुक्रा देखाउँदै विद्युतीय चुम्बकीय गुणबारे जानकारी दिइरहेकी थिइन् । युकेजीमा अध्ययनरत बालबालिकाको विज्ञान मोह देख्दा भावी दिनमा विज्ञान–प्रविधिको भविष्यलाई संकेत गथ्र्यो ।

g9

कक्षा २ मा अध्ययनरत प्रज्ज्वल राजवंशी चन्द्रमाको कलाबारे व्याख्या गर्दै थिए । उनले चन्द्रमाको आकार परिवर्तनबारे सुनाएका थिए ।
प्रदर्शनी हेर्न आएका एक अभिभावक भन्दै थिए, ‘साना नानीहरूले विज्ञानका बारेमा दिएको प्रस्तुतिले मन छोयो ।’ कक्षा ७ मा अध्ययनरत सौम्य सिग्देलले प्रकाश सरल रेखामा हिँड्छ भन्ने अवधारणालाई प्रयोगात्मक रूपमा प्रस्तुत गरेका थिए ।

g10
यसैगरी, कक्षा ७ की छात्रा प्रशंसा केसीले विज्ञान प्रदर्शनीले भावी दिनमा विज्ञानको अध्ययन तथा अनुसन्धान गर्न टेवा पुग्ने बताइन् । कक्षा ९ र १० का विद्यार्थीले पाठ्यक्रम सुहाँउदो सामग्री प्रस्तुत गरेका थिए ।

g3
प्रदर्शनीमा ढुंगा, माटोको बनोट, बोटबिरुवा, जंगली जनावर, वातावरण, स्वास्थ्य, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, खगोलीय पिण्डका बारेमा जानकारी दिने सामग्री प्रदर्शन गरिएको थियो ।

g8
ग्यालेक्सी उच्च माध्यमिक विद्यालयकी भाइस प्रिन्सिपल सेरिना गुरुङले करिब १५ सय विद्यार्थीले प्रदर्शनीमा भाग लिएको जानकारी गराइन् । हरेक वर्ष ग्यालेक्सीमा विद्यार्थीहरुको सहभागितामा विज्ञान प्रदर्शनी आयोजना गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×