२७ साउन, काठमाडौं । सूर्यमाथि थप अनुसन्धान गर्न भन्दै अमेरिकी अन्तरिक्ष सस्था नासाले पार्कर सोलार प्रोव रकेटलाई आज अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
हिजो शनिवार नै प्रक्षेपण हुने भनिएको सोलार प्रोव डेल्टा फोर रकेटमा अन्तिम समयमा समस्या आएपछि प्रक्षेपण रोकिएको थियो । तर आज प्रक्षेपण गर्न सफल भएका छन् । अहिले उक्त रकेट अन्तरिक्षमा परिभ्रमण गरिएको छ ।
नासाका अनुसार उपग्रहको रुपमा भ्रमण गर्ने सोलार प्रोवले सूर्यमाथि नजिकबाट निगरानी गर्नेछ । त्यसबाहेक सूर्यको बाहिरी सतह ‘कोरोना’ हुने गतिविधि पनि अध्ययन गर्ने छ ।
प्रोवले पठाएको तथ्यांकको आधारमा सूर्य र पूथ्विबीचको सम्वन्धित रहस्यका बारेमा पनि अध्ययन गर्न सजिलो हुने बताइएको छ ।
प्रोवलाई अमेरिककाको म्यारील्याण्ड राज्यमा अवस्थित एप्लाइड फिजिक्स ल्यावटोरी जोहन हप्किन्सिस विश्वविद्यालयमा बनाइएको थियो ।
Leave a Reply