2025-10-08

विकिरणबाट जोगिन तालिम

काठमाडौं । विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत पेशाकमीहरुलाई विकिरण्बाट बच्ने उपायमा तालिम दिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले जनाएको छ । दैनिक विकिरणजन्य उपकरणमा काम गर्दा रेडियोलोजिस्टहरुलाई असर पर्ने विज्ञहरु बुझाइ छ ।

नेपालका अस्पतालहरुमा विकिरणको नियमन गर्न नास्टले डोजिमेट्रीको प्रयोग गर्दै आइरहेका छन् । ‘अहिलेको तालिमको उद्देश्य भनेको पेशाकर्मीहरुलाई विकिरणबाट बच्ने उपायमा जानकारी दिने र अस्पतालमा भएका विकिरण जन्य उपकरणबाट निस्कने विकिरणका मात्रा मापन गर्ने डोजिमेट्रीको उपयोगका बारेमा जानकारी दिने हो,’ नास्टका वरिष्ठ वैज्ञानिक डा बुद्धराम शाहले भने ।

विकिरणबाट बच्ने उपायका विषयमा तालिम अन्तर्राष्ट्रिय पारमाणविक उर्जा संस्था, आइएइएका विशेषज्ञ डा वान सफीे वान अवडुल्ला, मलेशियाको परमाणु संस्था बजिली विन अवदुल अहमद र ओराइ रिसर्च सेन्टर जपानका यसुहिरो कोगुचीले दिएका थिए ।

तालिममा विभिन्न हस्पिटलहरुको विकिरण (रेडियोलोजी) सम्बन्धी काम गर्ने ३० जना पेशाकर्मीहरुको सहभागिता थियो । उनीहरुबीच विकिरण सम्बन्धी सावधानीहरुका बारेमा छलफल भएको नास्टका वरिष्ठ वैज्ञानिक शाहले रिभोसाइन्सलाई जानकारी दिए ।

उनका अनुसार, मानिसको शरीरको आन्तरिक र बाह्य भागमा विकिरणले पार्ने असर तथा त्यसबारे अध्ययन गर्ने र यसको महत्वका बारेमा छलफल भएको थियो ।

तालिमको समापनका अवसरमा नास्टका सचिव डा. बुद्धिरत्न खड्गीले ‘विकिरण सुरक्षा’को महत्वका बारेमा प्रकाश पारेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव ऋषिराज कोइरालाले तालिम आवश्यकता अनुसार गर्दै लैजाने बताएका थिए ।

विकिरण सम्वन्धी तालिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अन्तर्राष्ट्रिय पारमाणविक उर्जा संस्थासँगको सहकार्यमा नास्टले हरेक वर्ष गर्दै आएको छ । नास्टका विज्ञान संकाय अन्र्तगतको विकिरण इकाईबाट प्रदान गरिएका सेवाहरु अझ प्रभावकारी बनाउनु पर्ने वैज्ञानिक डा. बुद्धराम शाहले बताए ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘मार्कर बल’ विद्युतीय लाइनमा किन राखिन्छ? यस्ता छन् कारण:

बायोमासबाट उत्पादित हाइड्रोजन प्रभावकारी विकल्प हुनसक्ने: अध्ययन 

२०२५ को रसायनशास्त्रमा नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने

शहीदप्रति चौधरी ग्रुपको श्रद्धाञ्जलि, परिवारका सदस्यलाई रोजगारी दिने घोषणा

नेपाल–जर्मनीबीच दुई महत्त्वपूर्ण सहयोग सम्झौतामा हस्ताक्षर

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी छलफल

२०२५ को भौतिकशास्त्र नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान

युनेस्कोको महानिर्देशक पदका लागि खालिद एल-एनानीको मनोनयन

×