जेठ १५ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७६/०७७ का लागि शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा १ खर्व ६३ अर्व ७६ करोड बजेट छुट्याएका छन् ।
‘विज्ञान तथा प्रविधिको विकास विना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव छैन । त्यसैले यस क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्ट्रीकृत विश्वविद्यालको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको’ जनाएको छ । सोको लागि १ अर्व १० करोड बजेट व्यवस्था गरेको छ ।
पारमाणविक, रेडियोधर्मी र विकिरणको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगका लागि पारमाणविक अनुसन्धान केन्द्र स्थापना कार्य अघि बढाइने उल्लेख छ ।
अन्तरिक्ष सम्वन्धी अध्ययन अनुसन्धानका लागि अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना कार्य अगाडि बढाइने योजना रहेको छ ।
‘वायोलजिकल , सोरोलजिकल र अपराध अनुसन्धान सहज बनाउन हाल संघीय तहमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई केन्द्रीय अनुसन्धान निकायको रुपमा विकास गरी हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदमा पेश गरेको छ ।
चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५ कराेड ९ लाख रहेको छ ।
१५ खर्बको ३२ अर्बको बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ३३ करोड जुटाइने उल्लेख छ । आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब व्यवस्थापन गरिने जनाएको छ।
Leave a Reply