नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोले ‘छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९’ को दोश्रो चरणको नजिता सर्वजनिक गरेका छन् । जेठ १८ देखि २४ गते सम्म संचालन गरेको वन्द सत्रकाे आधारमा नजिता प्रकाशन गरिएको नासोले जनाएको छ ।
यस बर्ष सिनियर तर्फ जेभियर ईण्टरनेसनल कलेज कालोपुल, काठमाडौँका श्री निमा हेल्मो तथा जुनियर तर्फ सिद्धार्थ शिशु निकेतन, जनकपुर, धनुषाका श्री राहुल रंजन साह प्रथम भएका छन् ।
नासोका अनुसार बन्द शिविरमा छनौट भएका विद्यार्थीहरुलाई खगोल विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु संचालन गरिएको थियो ।
उत्कृष्ट प्रदर्शन गर्ने विधार्थीहरुलाई यस बर्ष संचालन हुने अन्तर्रास्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा सहभागी गराउन त्यसमध्यबाट थप विद्यार्थी छनोट गरिने नासोले जनाएको छ ।
नतिजाको पूर्ण विवरण यस प्रकारका छन् ।
Leave a Reply