February 12, 2025

‘विज्ञान-प्रविधिको विकासमा रक्षा मन्त्रालयले सहकार्य गर्ने’- कार्यवाहक प्रधानमन्त्री पोखरेल


ललितपुर, जेठ २८ । मुलुकको कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्न नेपाली वैज्ञानिक तथा प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त आयोजना गरेको दुई दिने ‘विज्ञान सडक मेला’को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन ।

‘मुलुकको विज्ञान तथा प्रविधिको विषय अव शिक्षा, विज्ञान तथा प्रविधि वा नास्टको मात्र मात्र विषय हुन सक्दैन,’  कार्यवाहक प्रधानमन्त्री पोखरेलले भने, ‘नेपाली सेना तथा रक्षा मन्त्रालयसँग सम्वन्धित छन् भने नास्टसँग छलफल तथा हातेमालो मिलाउने बतावरण बनाइनेछ ।’

पूर्व विज्ञान मन्त्रि इ. गणेश साहको रुसले मन्तव्यकोक्रममा रुसको रक्षा मन्त्रालयले विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलो काम गरेको बताएपछि कार्यवाहक प्रधानमन्त्री पोखरेलले सो प्रतिवद्धता व्यक्त गरेका थिए ।

‘आजको आधुनिक निमार्ण र मानव समुदायको कठिनाइमा विज्ञान तथा प्रविधिले ठूलो भूमिका खेलेको छ । तर राजनीतिक अस्थिरताले नेपालमा विज्ञान प्रविधि पछाडि परेको’ कार्यवाहक प्रधानमन्त्री पोखरेलले औल्याए ।

कार्यवाहक प्रधानमन्त्रीले मौलिक संस्कृतिक तथा सम्पदा भएको मुलुकमा भएका मौलिक प्रविधिलाई आधुनिकीकरण बाटो पहिल्याउन नास्टलाई सुझाए । त्यसका लागि सरकार सहयोग गर्न तयार छन् उनले भने ।

‘प्राविधिक शिक्षा अध्ययनका नाममा अधिकांश विद्यार्थी चिकित्सा र इन्जिनियरिङ पढ्न रुची राखेको पाइन्छ, अव प्राकृतिक तथा जैविक विविधतामा काम गर्न साधारण विज्ञानमा अध्ययन गर्न जरुरी छ भन्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले त्यस दिशामा नास्टले  छलफल अगाडि बढाउन अग्रह गरें ।

‘नेपाली जनताको चाहना र नेपाली माटो सुहाउँदो तथा जनताले उपयोग हुने अनुसन्धान हुन जरुरी छ । यदि परिणाममुखि विज्ञान अनुसन्धान अन्य क्षेत्रमा गरें भने त्यसले निरन्तरता पाउन सक्दैन। उच्च शिक्षा तथा नवप्रर्वद्धक नीतिमा विज्ञान प्रविधिको विकास प्रादेशिक रुपमा समेत विकास गर्दै लैजाने योजना भएको हुँदा नास्ट ‘थेक्न सक्ने हिसाब’ले  प्रदेश सरकारसँग हातेमालो गर्न कार्यवाहक प्रधानमन्त्रीले सुझाए ।

‘जनता र सरकारले नास्टबाट अपेक्षा गरेका छन्। सरकारले वैज्ञानिक समुदायले प्रस्ताव ल्याउँदा सरकारले नकार्न नसक्ने खालका ल्याउन कार्यवाहक प्रधानमन्त्रीले सुझाउँदै भने ‘देशलाई धनी बनाउँन सम्वृध्दिको पहिलो आधार हो कृषि । दोस्रो उधोग कलकारखाना हुन् । तेस्रो उर्जा हुन । चौथो पर्यटन हुन । पाचौं पूर्वाधार हुन ।’ यि काम गर्न वैज्ञानिकको प्रमुख भूमिका हुन्छ कार्यवाहक प्रधानमन्त्रीले भने ।

कृषि राजनीतिक नारा दिदा मात्रै कृषि उठ्न सकेन त्यसकारण यो आधारमा पूरा गर्न वैज्ञानिक समुदायको भूमिका छन् उनले भने । कृषिमा ठोस के गर्ने भन्ने कुरा समस्या र समाधान सहित वैज्ञानिक समुदाय उठन् जरुरी रहेको कुरा औल्याए । उनले पिरलो गर्ने ‘गनगन’ गर्ने खालका अनुसन्धानका कुरा आयो भने समस्या समाधान हुन नसक्ने बताए ।

नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिमा रुची जगाउन मेलाले भूमिका खेल्ने बताए । उनले पछिल्लो समय नास्टले नवप्रर्वद्धक नीतिमा काम गर्न लागि परेको बताए ।

पूर्व विज्ञानमन्त्री गणेश साहले विज्ञानलाई जनविज्ञान बनाउन युवा तथा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताए । त्यसकालागि नास्ट अग्रसर हुनु पर्नेछ । पछिल्लो अनुसन्धानलाई हवला दिदै उनले ३० प्रतिशत औपचारिक शिक्षा लिने र वाँकी ७० प्रतिशत स्वअध्ययनबाट लिने कुरा आएको हुँदा त्यसकालागि विज्ञान सडक मेलाले पनि सहयोग गर्ने मन्त्री साहले बताए ।

उनले अर्को वर्ष सडक मेलालाई ब्राण्डिङ गर्न सुझाए। प्रविधिको उच्तम प्रयोग रक्षा, सफारी र निर्माणमा प्रयोग भएका छन् त्यसकालागि सरकारले कुल ग्राहस्त उत्पादनको १ प्रतिशत लगानी गर्नु पर्नेमा पूर्व विज्ञानमन्त्री साहले जोड दिए ।

अहिले नवप्रर्वद्धक नीति आएको छ, त्यसलाई कार्यन्वयन गर्न कुल ग्राहस्त उत्पादनको १ प्रतिशत लगानी चाहिन्छ, होइन भने लालिपपको स्वाद लिएजस्तो मात्र हुने पूर्व विज्ञानमन्त्री साहले चिन्ता व्यक्त गरें ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान-प्रविधि सचिव कृष्णराज विसीले भौगोलिक तथा प्रादेशिक स्तरमा यहाँका वैज्ञानिकहरुलाई काम गर्ने वातावरण नयाँ नीतिमा राखिएको कुरा बताए ।

त्यसैकै आधारमा नेपालमा काम गर्न सक्ने वातावरण बनाउन ‘व्रेन सर्कुलेसन’जस्ता कार्यक्रम अगाडि ल्याउन लागेका छौं, विज्ञान-प्रविधि सचिव कृष्णराज विसीले भने ‘व्रेन सर्कुलेसन’ मा संञ्सारभरबाट जुनै माध्यमबाट काम गर्न सक्छन् ।

नास्टका सचिव डा. महेशकुमार अधिकारीले स्वागत मन्तव्य राख्दै प्रादेशिक स्तरमा पनि विज्ञान सडक मेला आयोजना गर्ने लक्ष्य लिएको बताए ।

नास्ट प्रचारप्रसार तथा प्रवर्द्धन महाशाखाका रमिला रावत श्रेष्ठले विज्ञानलाई जनतासँग जोड्न पहिलो पटक विज्ञान सडक मेला आयोजना गरिएको बताइन् । नास्टले ६६ जिल्लामा प्रतियोगितात्मक विज्ञान मेला आयोजना गरिसकेको छ ।

मेलामा नास्ट, वनस्पति विभाग, नेपाल कृषि अनुसन्धान प्रतिष्ठान, नार्कलगायतका ५० स्टल छन् । बालबालिका लागि आर्कषण केन्द्रलगाय छन् । नेपालीले बनाएको सानो आकारको रकेट पनि छन् । नेपालमा अनुसन्धान गरि नेपालमै उत्पादन गरिएको सेन्ट,  क्रिम तथा आगामी असार दुई गने अन्तरिक्षमा छाडिने नानो स्याट नेपाली स्याट-१ पनि प्रर्दशनमा राखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

सम्बन्धित सामाग्री

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×