October 24, 2024

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक


अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) ले २८ औँ परिषद्को बैठक आजदेखि आबुधाबीमा सुरु भएको छ । अबको दुई दिनसम्म चल्ने बैठकमा जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९  अगावैको अन्तिम हुनेछ। जसमा आफ्ना सदस्यहरूले ऊर्जा संक्रमणसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा छलफल गर्ने अपेक्षा लिएको आइरेनाले जनाएको छ ।

पहिलो ग्लोबल स्टकटेकको परिणामको पेरिस सम्झौतालाई सहयोग पुर्‍याउन कोप-२८ युएइ सहमतिमा उल्लेख गरिएअनुसार नवीकरणीय ऊर्जा क्षमता तीन गुणा बढाउने र २०३०  सम्ममा ऊर्जा दक्षता दोब्बर गर्ने लक्ष्य लिएको उसको पछिल्लो रिपोटमा उल्लेख गरेको छ ।

विश्वव्यापी तापमानको १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई सहयोग पुर्‍याउन सो प्रतिवेदन प्रकाशनका लागि कोप-२८ र कोप-२९ का अध्यक्षहरू, अजरबैजानको ऊर्जा मन्त्रालय र कोप-३०को आयोजक ब्राजिल सरकार, र ग्लोबल नवीकरणीय गठबन्धन (जिआरए)को सहकार्यमा तयार गरिएको उल्लेख छ ।

“१.५ डिग्री सेल्सियसको लक्ष्य अझै पनि पहुँचमा छ, तर हराउने जोखिम झन् नजिकिँदै गएको छ,”आइरेनाको महानिर्देशक फ्रान्सेस्को ला क्यामेराले भने, ‘राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसीज) को तेस्रो चरणको अन्तरलाई २०३० सम्ममा पुरा गर्नुपर्छ।’

‘कोप-२८ को आउन एक महिना भन्दा कम समयमा आइरेना परिषद्को भेलाले बाकुमा उल्लेखनीय रूपमा उच्च महत्वाकांक्षाका साथ पुग्ने सहज हुने अवसर प्रदान गर्दछ,’ महानिर्देशक ला क्यामेराले भने ।

आइरेना परिषद्का अध्यक्ष तथा ऊर्जा र पावर विकास, जिम्बाब्वेकी सचिव डा. ग्लोरिया मागोम्बोले भनिन्, “नवीकरणीय ऊर्जामा आधारित ऊर्जा संक्रमणको वर्तमान विश्वव्यापी प्रक्षेपण र हाम्रो सामूहिक जलवायु लक्ष्यहरू बिचको डरलाग्दो खाडलले आइरेनाको मिसनको जरुरीतालाई जोड दिन्छ।’ अध्यक्षको हैसियतमा, म यो सुनिश्चित गर्न प्रतिबद्ध हुनेछु, २८ औं आइरेना परिषद्ले यसको सदस्य राष्ट्रहरूको प्रगतिलाई गति दिन सहयोगी हुने सङ्कल्प यस बैठकले गर्नेछ, अध्यक्ष मोम्बोले भनिन्।

२८ औँ आइरेना काउन्सिलले ऊर्जा सङ्क्रमणमा राष्ट्रिय अनुभवहरू, चुनौतीहरू र नवीकरणीय ऊर्जातर्फ वित्तको परिचालन बढाउन अवसरहरू र साना टापुहरूको अर्थतन्त्रहरूको ऊर्जा रूपान्तरणका लागि आवश्यक नवीन प्रविधिहरू र साझेदारीहरूबारे छलफलमा संलग्न हुने उल्लेख गरेको छ । आइरेनाका अनुसार दुई दिनसम्म चल्ने बैठकले एजेन्सीको आगामी कार्यक्रम र बजेटको कार्यान्वयनमा पनि सहकार्य गर्नेछ।

आइरेनाले थ्रीएक्स रिन्यूउवल्लस फर दि प्लानेट एण्ड इट्स पिपूल पनि सुरु गरेको छ, जुन २०३० सम्ममा नवीकरणीय ऊर्जा क्षमता तीन गुणा बढाउने दिशामा कार्य र सहकार्यलाई अघि बढाउन डिजाइन गरिएको विश्वव्यापी अभियान हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

‘पाकाको रमाइलो र पिरलो’ पुस्तक विमोचन

सम्बन्धित सामाग्री

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

‘पाकाको रमाइलो र पिरलो’ पुस्तक विमोचन

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×