2025-08-04

कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई

काठमाडौँ । कोसी प्रोजेक्ट सो केसको उपाधि एक्मी इन्जिनियरिङ कलेजले हात पारेको छ  । आइतबार काठमाडौँमा सम्पन्न फाइनल चरणमा नौ वटा टिमलाई पाखा लगाउँदै एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टरले उपाधि जितेको हो ।

कोसी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै प्रवर्द्धनात्मक योजनाहरूको खोजी गर्न एलिसन हस्पिटालिटीले आयोजना गरेको कोसी प्रोजेक्ट सो केसको फस्ट रनरअप पुल्चोक इन्जिनियरिङ कलेजको फुल्चोक इयर फाइभ हुँदा सेकेण्ड रनरअप भने नेपाल इन्जिनियरिङ कलेजको एग्रो वस्ती भएको छ ।

प्रतियोगिताको उपाधि हात पार्ने एक्मी कोस्टरले नगद एक लाख रुपैंया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने फस्ट रनरअपले ५० हजार तथा सेकेण्ड रनरअपले २५ हजार नगद, ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार समेत प्राप्त गर्नेछन् ।उनीहरुसँगै प्रतियोगिताका उत्कृष्ट १० टिमले अब उक्त प्रोजेक्टहरुलाई कोसी प्रदेशमा लगानीकर्ता, स्टेक होल्डर्स माझ पुनः प्रदर्शनी गरेपछि पुरस्कार प्रदान गरिनेछ ।

फाइनल चरणमा निर्णायकहरु इन्जिनियर मन्दाकिनी कार्की, बैंकर नवराज सत्याल, आर्किटेक्चर पुनम शाह, युवा व्यवसायी, शैक्षिक परामर्शदाता शिशिर सिंखडा तथा पयर्टन व्यवसायी चन्द्र रिजालले प्रतियोगीहरूको प्रोजेक्टको विस्तृत अध्ययन, अवलोकन र प्रस्तुति हेरेर विषयगत रुपमा नम्बर दिएका थिए ।

नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरु सम्मिलित प्रतियोगिताले इन्जिनियरिङ र पर्यटनलाई एकापसमा जोडिदिएकोले नविनतम पर्यटकीय क्षेत्रको पहिचान गरेको र पहिचान भएका तथा ओझेलमा रहेका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै ग्रामिण पर्यटनलाई समेत उजागर गरिदिएको बताइएको छ ।

लगानीकर्ता, स्थानीय तह अथवा सरकारले प्रोजेक्ट कार्यान्वयन गर्ने तत्परता देखाए त्यसका लागि आवश्यक सहजीकरण समेत गरिने आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले जानकारी दिनुभयो । ३ दिनसम्म चलेको कोसी प्रोजेक्ट सो केसले नेपालको पर्यटन क्षेत्रमा युवापुस्ताहरुलाई आकर्षित गर्नुको साथै मुलुकको अर्थतन्त्र सुधार्न, रोजगारी सृजना गर्न टेवा पुग्ने अध्यक्ष मगरको जिकीर छ ।

प्रतियोगिताको उत्कृष्ट १० मा बियोण्ड द ब्रिज टिम ख्वप इन्जिनियरिङ कलेज, कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, पाथ फाइण्डर टिम पुल्चोक क्याम्पस, केटुपिए टिम पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, रुलर रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज छनौट भएका थिए । त्यस अघिको प्रारम्भिक छनौटमा २१ वटा टीमले प्रतिष्पर्धा गरेका थिए ।

फाइनल चरणमा छनौट भएका टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडा बजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुङ्गा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरू तयार पारेकोमा सोको डमी प्रदर्शनीमा राखिएको थियो ।

कोसी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतले कोसी प्रोजेक्ट सो केशलाई सहयोग गरेका थिए । प्रतियोगिताको इभेन्ट म्यानेजमेन्ट काफल इभेन्टले गरेको थियो । 

मा अद्यावधिक गरिएको

समाचार

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

×