2025-10-01

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा हुन गइरहेको नेक इग्नियमको प्रचारप्रसारका लागि कलेजका विद्यार्थीहरूले राजधानीका विभिन्न कलेजहरूमा आकर्षक फ्ल्यास मोब प्रदर्शन गरेका छन् ।

फ्ल्यास मोब भनेको कुनै सार्वजनिक स्थानमा एक्कासी सुरु हुने सामूहिक नृत्य प्रदर्शन हो, जसले मानिसहरूको ध्यान खिच्छ र रमाइलो वातावरण सिर्जना गर्छ । शुक्रबार अभियानअन्तर्गत विद्यार्थीहरूले काठमाडौं उपत्यकाका विभिन्न इन्जिनियरिङ कलेजहरूमा नेपाली लोक, शास्त्रीय तथा आधुनिक नृत्यलाई समेटेर तयार पारिएको ऊर्जा र जोशले भरिएको प्रस्तुति देखाए ।

कलेजका मिडिया रिलेसन अफिसर आशिष झा का अनुसार, ‘नेक इग्नियमको प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउन यो फ्ल्यास मोब आयोजना गरिएको हो । यसले युवाहरूको सृजनात्मकता र सांस्कृतिक चेतनालाई उजागर गर्नुका साथै कार्यक्रम प्रति उत्साह सिर्जना गरेको छ ।’

नेक इग्नियम कलेजले प्रत्येक वर्ष आयोजना गर्ने विशेष कार्यक्रम हो, जसमा नेपाली कला, संस्कृति, सूचना, प्रविधि र इन्जिनियरिङ क्षेत्रलाई समेटिन्छ । यस कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्न अवसर प्रदान गर्नुका साथै इन्जिनियरिङ शिक्षाको प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ । कार्यक्रममा प्लस टू, डिप्लाेमा तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरूले सहभागीता जनाउन पाउने छन् । नेक इग्नियम असार १९ गते कलेज परिसरमा हुनेछ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने शैक्षिक संस्था हाे । पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक, स्नातकाेत्तर सम्मकाे अध्यापन हुने गरेकाे छ । कलेजलाई नेपाल इन्जिनियरिङ परिषदले स्थायी अनुमति दिएकाे छ । 

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×