2025-10-07

गर्भावस्थामा उच्च रक्तचाप भएका महिलाहरूमा स्तनपानको दर कम हुने : अध्ययन

न्यु हेभेन, कनेक्टिकट — येल विश्वविद्यालयका शोधकर्ताहरूले गर्भावस्थाको दौरान उच्च रक्तचाप, जस्तै प्रि-एक्लेम्प्सिया, एक्लेम्प्सिया वा गर्भकालीन उच्च रक्तचाप भएका महिलाहरू स्तनपान सुरु नगर्ने वा चाँडै रोक्ने सम्भावना बढी हुने तथ्य फेला पारेका छन्।

अमेरिकामा सन् २०१७ देखि २०१९ बीच गर्भावस्थाको १६% मा उच्च रक्तचापको समस्या देखिएको थियो।

जामा नेटवर्क ओपनमा प्रकाशित अध्ययन अनुसार यस्तो समस्या भएका महिलाहरूले स्तनपान सुरु गर्न कठिनाइ भोग्ने गरेका छन्।

मुख्य निष्कर्षहरू:

·   उच्च रक्तचाप भएका महिलाहरू ११% बढी सम्भावनामा कहिल्यै स्तनपान नगर्ने देखिए।

·   जसले स्तनपान सुरु गरे, तिनीहरू १७% बढी सम्भावनामा चाँडै रोक्ने देखिए।

·    औसतमा, यस्ता महिलाहरूले १७ हप्ता कम स्तनपान गरेका थिए।

अध्ययनकी प्रमुख लेखक डियाना नार्डेल्लाले भनिन्, “यी महिलाहरूले स्वास्थ्यसम्बन्धी समस्या र समयमै सहयोग नपाउँदा स्तनपानमा कठिनाइ अनुभव गर्छन्।” पिडा, दूधको समस्या र चिकित्सकीय सहयोग अभावजस्ता कारणले स्तनपान चाँडै रोक्ने प्रवृत्ति देखिएको उनले बताइन्।

यो अध्ययनमा सन् २०१६ देखि २०२१ बीच बच्चा जन्माएका २ लाखभन्दा बढी महिलाहरूको तथ्यांक विश्लेषण गरिएको हो। अध्ययनले देखाएको अनुसार गैर-हिस्पानिक कालो तथा आदिवासी महिलाहरूमा उच्च रक्तचापको दर बढी हुने र स्तनपान को दर घट्ने प्रवृत्ति रहेको छ।

विज्ञहरूले गर्भावस्थाको दौरान स्तनपानको परामर्श दिने, शिक्षा र सहयोग पुर्‍याउने योजना बनाउनुपर्ने सुझाव दिएका छन्। यस्तो सहयोगले गर्भवती महिलाहरू र शिशुहरूको दीर्घकालीन स्वास्थ्य सुधारमा मद्दत पुग्ने उनीहरूको विश्वास छ।

शोध येल विश्वविद्यालय र अमेरिकी स्वास्थ्य संस्थाहरूले सहयोग गरेको उल्लेख छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

युनेस्कोको महानिर्देशक पदका लागि खालिद एल-एनानीको मनोनयन

डब्लुएचओ प्रतिवेदन: २०२४ मा १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित

कोरियाली पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी 

क्वान्टम कम्प्युटिङको ‘बिर्सने’ समस्यालाई समाधान गर्ने अन्तर्राष्ट्रिय परियोजना सुरु

अल्मा टेलिस्कोप प्रयोग गरेर ग्रह निर्माणको रहस्यमा नयाँ खोज

आइतबार र सोमबार सार्वजनिक विदा

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

×