नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने

काठमाडाैं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने भएकाे छ । वास्तुकला (आर्किटेक्चर) विभागले बुधबार प्रतियाेगितामा भाग लिनका लागि आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई आब्हान गरेकाे छ ।

प्रतियाेगितामा भाग लिन चाहने आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई याे वर्षकाे अवधारणा र कार्यादेश समेत दिइएकाे छ । कार्यादेश अनुसार विद्यार्थीहरूले अगस्ट अन्तिम भित्र अवधारणा प्रस्तुत गर्नेछन् ।

‘विद्यार्थीहरूलाई १३ औं संस्करणकाे एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे अवधारणा र कार्यादेश दिएका छाैं । अगस्ट अन्तिम सम्ममा विद्यार्थीहरूले अवधारणा सहित फिल्ड भिजिट र डिजाइन तयार गर्नुहुन्छ,’ आर्किटेक्चर विभागका सहायक प्राध्यापक स्वेता अमात्यले बताइन् ।

उनका अनुसार प्रतियाेगितामा यस पटक देखि कलेज तहबाट उत्कृष्ट तीन डिजाइन मात्र राष्ट्रिय प्रतियाेगितामा छनाैट हुनेछन् ।
स्नातक तहकाे चाैथाे वर्षमा अध्ययनरत आर्किटेक्चर विद्यार्थीहरू विचकाे प्रतिष्पर्धामा कलेज तहमा उत्कृष्ट डिजाइनलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने छ ।

क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ मा कलेजकी विद्यार्थी पुजा राई सर्वोत्कृष्ट हुँदै ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

आर्किटेक्चरहरूले हासिल गरेकाे ज्ञान, सीप र कलालाई प्रतियाेगिताले राष्ट्रिय लेवलमा उजागर गर्ने अपेक्षा गरिएकाे कलेजका आर्किटेक्चर विभागका प्राध्यापक दीपक पन्तले बताए । राष्ट्रिय प्रतियाेगितामा देशभरका १२ आर्किटेक्चर कलेजका विद्यार्थीहरूकाे प्रतिष्पर्धा हुनेछ।

नेक-आर्किटेक्चर विभाग सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । जहाँ सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता गरिएको थियो ।

शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत वास्तुकला उद्योगमा एक्सपोज पाउने छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

×