अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

अस्ट्रेलिया । सिजन मिडियाको आयोजनामा हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियाको सहकार्यमा ‘प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५’ सम्पन्न भएको छ।

लामो समयदेखि अस्ट्रेलियामा विभिन्न पेशा व्यवसायमा सफलता हासिल गरेका नेपाली मूलका व्यावसायिक व्यक्तित्वहरूलाई सम्मानित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको प्रमुख आतिथ्य नेपालका मानार्थ वाणिज्यदूत निराजन गौलीले अवार्ड प्राप्त गर्नेहरूलाई बधाई दिँदै नेपाली समुदायमा पेशागत उत्कृष्टता र योगदानको सम्मान गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। “यो केवल पुरस्कार वितरण होइन, परिश्रमको उत्सव हो,” उनले भने ।

कार्यक्रममा कानून, व्यवसाय, शिक्षा, अनुसन्धान, समुदाय सेवा, मिडिया, प्रविधि र उद्यमशीलता लगायतका क्षेत्रका सफल व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिएको थियो।

अवार्ड कार्यक्रममा कानून, व्यवसाय, शिक्षा, अनुसन्धान, समुदाय सेवा, मिडिया, प्रविधि र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूको लागि अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिप राज वन्तले बताए ।

सम्मानित व्यक्तित्वहरू:

  • टोनु घोठाने – उत्कृष्ट कानुनी तथा वकालत अवार्ड
  • योगेन्द्र राज जोशी – रियल इस्टेट तथा सामुदायिक नेतृत्व अवार्ड
  • परसुराम शर्मा लुइटेल – शरणार्थी वकालत तथा बहुसांस्कृतिक नेतृत्व अवार्ड
  • रन्जित राज वन्त – युथ बिजनेस अवार्ड
  • निराजन शिवाकोटी – अनुसन्धान तथा नवप्रवर्तन उत्कृष्टता अवार्ड
  • ईश्वर दाहाल – शिक्षा नेतृत्वमा उत्कृष्टता अवार्ड
  • सैवाल न्यौपाने – युवा वकालत तथा उदाउँदो उद्यमी अवार्ड
  • ऐश्वर्या कंसकार – युवा प्रविधि तथा शिक्षा सशक्तीकरण अवार्ड
  • डा. जमुना पराजुली – महिला नेतृत्व तथा सशक्तिकरण वकालत अवार्ड
  • चिरञ्जीबी राज देवकोटा – प्रवासी मिडिया नेतृत्वमा उत्कृष्टता अवार्ड
  • रन्जीत शाह – वित्तीय सेवामा उत्कृष्ट योगदान अवार्ड
  • बसन्त बगाले – स्वास्थ्य शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान अवार्ड
  • शेष घले – लाइफटाइम अचिभमेन्ट अवार्ड
  • रामचन्द्र पौडेल – अन्तर्राष्ट्रिय शिक्षा नेतृत्वमा उत्कृष्टता अवार्ड
  • सागर शाही – युवा शिक्षा तथा आप्रवासन सेवा अवार्ड
  • रविन्द्र राज रेग्मी – पर्यावरणीय दिगोपन तथा व्यवसायिक क्षमता अवार्ड
  • डी.बी. थापा – समुदाय नेतृत्व तथा सांस्कृतिक प्रवर्द्धन अवार्ड।

कार्यक्रमले अस्ट्रेलियामा रहेका नेपाली समुदायका पेशागत योगदानलाई उजागर गर्दै युवा पुस्तालाई प्रेरणा दिने उद्देश्य पूरा गरेको आयोजकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

×