स्टेम सेल थेरापीले मिर्गौला रोगीको डायलाइसिस उपचारमा सुधार ल्याउने सम्भावना देखायो

रोचेस्टर, मिनेसोटा — मेयो क्लिनिकको एक अनुसन्धानले मिर्गौला फेल भएका बिरामीहरूका लागि स्टेम सेल थेरापीले डायलाइसिसको प्रभावकारिता बढाउन सक्ने सम्भावना देखिएको छ।

विश्वभर ४० लाखभन्दा बढी मानिसहरू अन्तिम चरणको मिर्गौला रोगबाट पीडित छन्, जसको उपचारका लागि हेमोडायलाइसिस आवश्यक हुन्छ। यस प्रक्रियामा रक्तबाट विषाक्त पदार्थ हटाउन मेसिन प्रयोग गरिन्छ। डायलाइसिसको तयारीका लागि बिरामीको हातमा धमनी र शिरा जोडेर आर्टेरियोभेनस फिस्टुला (एभीएफ) बनाइन्छ। तर, शिरा साँघुरो हुने समस्याका कारण करिब ६० प्रतिशत एभीएफ असफल हुने गर्दछ।

मेयो क्लिनिकको खोज अनुसन्धानकर्ताहरूले बिरामीको आफ्नै बोसोबाट निकालिएको मेसेन्काइमल स्टेम सेल शिरामा प्रत्यारोपण गर्दा सुन्निन कम हुने र शिरा साँघुरो हुने सम्भावना घट्ने पाइएको छ। यी स्टेम सेलहरूले उपचारात्मक वृद्धि कारकहरू स्राव गर्छन्, जसले एभीएफको सफलतामा सहयोग पुर्‍याउन सक्छ।

“मेसेंकाइमल स्टेम सेलमा सुन्निने कम गर्ने गुण हुन्छ,” वरिष्ठ लेखक डा. सञ्जय मिस्राले भने, “सुन्निनु भनेको मुटु रोग, रक्तनली रोग, उच्च रक्तचाप, कोलेस्ट्रोल र क्यान्सरलगायत मुख्य कारणलाई मानिन्छन् ।”

सो अध्ययनमा २१ सहभागीलाई समावेश गरिएको थियो। तीमध्ये ११ जनालाई एभीएफ सर्जरीअघि आफ्नै बोसोबाट निकालिएको स्टेम सेल दिइयो भने बाँकी १० जनालाई सामान्य उपचार दिइयो। स्टेम सेल पाएका बिरामीहरूको एभीएफ छिटो निको भयो र दीर्घकालीन रूपमा टिकाउ देखियो। तर, सबैले समान प्रतिक्रिया देखाएनन्।

मुख्य लेखक डा. श्रीनिवासुलु किलारीले भने, “हामीलाई प्रतिक्रिया फरक देखिनु अचम्म लाग्यो। त्यसपछि हामीले आरएनए सिक्वेन्सिङ प्रविधि प्रयोग गरेर थप अनुसन्धान गर्यौं।” 

अनुसन्धानका अनुसार स्टेम सेलको राम्रो प्रतिक्रिया दिने बिरामीहरूमा विशेष सुन्निने-नियन्त्रक जीन सक्रिय थिए। यी जैविक संकेतहरूले भविष्यमा कुन बिरामीलाई स्टेम सेल थेरापी उपयुक्त हुन्छ भन्ने पहिचान गर्न मद्दत गर्न सक्छ।

भविष्यको सम्भावना 

यदि ठूला परीक्षणहरूमा यो विधि सफल भयो भने, यसले मिर्गौला फेल भएका लाखौं बिरामीको उपचार सुधार गर्ने, स्वास्थ्य खर्च घटाउन र डायलाइसिस पहुँच व्यवस्थापनका लागि नयाँ क्लिनिकल मार्गनिर्देशन तयार गर्न सहयोग पुर्‍याउन सक्छ।

यो अनुसन्धान मेयो क्लिनिकको सेन्टर फर रेजेनेरेटिभ बायोथेराप्युटिक्समार्फत माइकल एस. र मेरी सु श्याननको सहयोगमा सम्पन्न गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

×