
काठमाडौँ । दसैँ मनाउन आफ्नो घर जानुहुने हुन्डाई ग्राहकहरूको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सेवा सञ्चालन गरेको छ।
यो सेवा असोज ११ देखि १४ बिहान १०:०० बजे देखि बेलुका ६:०० बजेसम्म मुख्य राजमार्गहरूका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
हुन्डाईले आफ्ना दक्ष प्राविधिकहरू सहित देशका ११ प्रमुख स्थानहरू हेटौँडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र तनहुँलगायत देशका महत्त्वपूर्ण राजमार्गमा गाडीको निःशुल्क २६-पोइन्ट चेकअप सुविधा उपलब्ध गराउनेछ।
यस अवसरमा कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेंट र कुलेंट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ। विद्युतीय सवारी साधनका लागि पोर्टेबल डी.सी चार्जरहरू पनि उपलब्ध हुनेछन्।
सन् २०१४ देखि “हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम” अभियान चलाउँदै हुन्डाई विक्री पछिको प्रतिबद्धता र समर्पण भएको कम्पनीले उल्लेख गरेको छ ।
Leave a Reply