2025-10-07

डब्लुएचओ प्रतिवेदन: २०२४ मा १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित

न्यूवोर्क— विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दोस्रो विश्वव्यापी उच्च रक्तचाप प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार २०२४ मा १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन्। तर तीमध्ये २० प्रतिशत मात्र औषधि वा जीवनशैली परिवर्तनमार्फत नियन्त्रणमा छन्।

यो प्रतिवेदन संयुक्त राष्ट्रसंघको ८०औँ महासभाको अवसरमा डब्लुएचओ ब्लूमबर्ग फिलान्पट्रोपीज् र रिजोल्भ टू सेभ लाइभ्सद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको हो। प्रतिवेदनले कम आय भएका देशमध्ये केवल २८ प्रतिशतमा मात्र डब्लुएचओद्वारा सिफारिस गरिएका सबै उच्च रक्तचाप औषधिहरू सामान्य रूपमा उपलब्ध छन्।

उच्च रक्तचाप, हृदयाघात, स्ट्रोक, मिर्गौला रोग र डिमेन्सियाको प्रमुख कारण हो। यो रोग रोकथाम गर्न सकिने र उपचार गर्न सकिने भए पनि तत्काल कदम नचालिएमा लाखौं मानिस समय अगावै मृत्यु हुनेछन् र देशहरूमा आर्थिक भार बढ्नेछ।

सन् २०११ देखि २०२५ सम्म, उच्च रक्तचापसहितका हृदय सम्बन्धी रोगहरूले निम्न तथा मध्यम आय भएका देशहरूलाई करिब ३.७ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्‍याउने अनुमान गरिएको छ।

“हरेक घण्टा १ हजार भन्दा बढी मानिस उच्च रक्तचापका कारण स्ट्रोक र हृदयाघातबाट ज्यान गुमाउँछन् र तीमध्ये धेरै मृत्युहरू रोक्न सकिने हुन्,” डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भने। “देशहरूसँग समाधानका उपकरणहरू छन्। राजनीतिक इच्छाशक्ति, लगानी र स्वास्थ्य सेवामा सुधारमार्फत हामी लाखौँ जीवन बचाउन सक्छौँ।”

ब्लूमबर्ग परोपकारकी डा. केली हेन्निङले भनिन्, “अत्यधिक रक्तचापले हरेक वर्ष १ करोडभन्दा बढी मानिसको ज्यान लिन्छ, यद्यपि यो रोग रोक्न र उपचार गर्न सकिन्छ। उच्च रक्तचापलाई प्राथमिक स्वास्थ्य सेवामा समावेश गर्ने देशहरू प्रगति गरिरहेका छन्, तर धेरै देशहरू अझै पछि परेका छन्।”

मुख्य चुनौतीहरू

१ सय ९५ देश तथा क्षेत्रहरूको विश्लेषण अनुसार ९९ देशमा उच्च रक्तचाप नियन्त्रण दर २० प्रतिशत भन्दा कम छ। प्रभावित व्यक्तिहरूको बहुसंख्या निम्न तथा मध्यम आय भएका देशहरूमा छन्, जहाँ स्वास्थ्य प्रणाली कमजोर छन्।

प्रतिवेदनले रोकथाम, परीक्षण, उपचार र दीर्घकालीन हेरचाहमा रहेका प्रमुख चुनौतीहरू उजागर गरेको छ। मुख्य बाधाहरूमा कमजोर जनस्वास्थ्य नीतिहरू, रक्तचाप मापन उपकरणको अभाव, उपचार प्रोटोकलको कमी, औषधिको उच्च मूल्य, वित्तीय सुरक्षा अभाव, र निगरानी प्रणालीको कमजोरी समावेश छन्।

औषधिको पहुँच: प्रगतिको आधार

रक्तचाप नियन्त्रणका लागि औषधि सबैभन्दा प्रभावकारी सार्वजनिक स्वास्थ्य उपाय हो। तर केवल २५ मध्ये ७ (२८%) कम आय भएका देशहरूमा मात्र डल्लुएचओले सिफारिस गरिएका सबै औषधिहरू सामान्य रूपमा उपलब्ध छन्, जबकि उच्च आय भएका देशहरूमा यो दर ९३ प्रतिशत छ।

रिजोल्भ टू सेभ लाइभ्सका अध्यक्ष डा. टम फ्राइडेनले भने, “सुरक्षित, प्रभावकारी र सस्तो औषधिहरू उपलब्ध छन्, तर धेरै मानिसहरूलाई ती औषधिहरू प्राप्त छैनन्। यो अन्तर हटाउन सकियो भने जीवन बचाउन सकिन्छ — र हरेक वर्ष अर्बौं डलर बचत गर्न सकिन्छ।”

चुनौतीहरूका बाबजुद पनि केही देशहरु बाङ्लादेश, फिलिपिन्स र दक्षिण कोरियाले उल्लेखनीय प्रगति गरेका छन । बंगलादेशले २०१९–२०२५ बीच केही क्षेत्रमा उच्च रक्तचाप नियन्त्रण दर १५ प्रतिशतबाट ५६ प्रतिशत पुर्‍याएको छ।

त्यस्तै,  फिलिपिन्सले डब्लुएचओको मुटुप्रविधि प्याकेजलाई देशभरका समुदाय स्तरीय सेवामा समावेश गरेको छ। र, दक्षिण कोरियाले औषधिको लागत घटाउने र बिरामी शुल्क सीमित गर्ने सुधारमार्फत २०२२ मा ५९ प्रतिशत नियन्त्रण दर हासिल गरेको उल्लेख छ ।

डब्लुएचओn] सबै देशहरूलाई उच्च रक्तचाप नियन्त्रणलाई सार्वभौमिक स्वास्थ्य सेवामा समावेश गर्न आह्वान गरेको छ। प्रतिवेदनमा सिफारिस गरिएका उपायहरू कार्यान्वयन गरेमा लाखौँ समय अगावै मृत्यु रोक्न सकिन्छ र हृदय रोगको सामाजिक तथा आर्थिक भार घटाउन सकिन्छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

युनेस्कोको महानिर्देशक पदका लागि खालिद एल-एनानीको मनोनयन

कोरियाली पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी 

क्वान्टम कम्प्युटिङको ‘बिर्सने’ समस्यालाई समाधान गर्ने अन्तर्राष्ट्रिय परियोजना सुरु

अल्मा टेलिस्कोप प्रयोग गरेर ग्रह निर्माणको रहस्यमा नयाँ खोज

आइतबार र सोमबार सार्वजनिक विदा

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

×