शहीदप्रति चौधरी ग्रुपको श्रद्धाञ्जलि, परिवारका सदस्यलाई रोजगारी दिने घोषणा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै चौधरी ग्रुपले प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। समूहले शहीदप्रति उच्च सम्मान र परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै सामाजिक उत्तरदायित्वको भावनासहित उक्त निर्णय लिएको हो।

चौधरी ग्रुपले आन्दोलनका क्रममा निजी निवास, कार्यालय, शोरूम तथा कारखानामा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको उल्लेख गर्दै पनि पुनःनिर्माणको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

विज्ञप्तिमा समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको भनाइ उद्धृत गर्दै उल्लेख गरिएको छ, “यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।”

चौधरी ग्रुपले आफ्नो टिममार्फत सम्पूर्ण शहीद परिवारसँग सम्पर्क गरिरहेको जानकारी दिँदै सो प्रक्रियामा सहयोग गर्न इच्छुक व्यक्तिहरूले कम्पनीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्यालसँग सम्पर्क गर्न सक्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×