
काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपाल (न्यान)ले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो तिहार फ्लोरा एक्स्पो-२०८२ सम्पन्न भएको छ ।
एक्स्पो समापन कार्यक्रमका प्रमुख अतिथि अभिनेत्री मनीषा कोइरालाले उपत्यकामा पाइने रैथाने फूलको संरक्षण गर्न पर्ने बताइन । उनले भनिन्,”नेपालमा पाइने रैथाने वनस्पति तथा पुष्पको सम्बन्धित निकायले संरक्षण गर्नुपर्छ।”
पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले ‘फूल’ मित्रता, प्रेम, सदभाव र सम्मानको प्रतीक भएको बताए। “नेपाल जैविक विविधताले धनी देश हुनुका साथै फूलले मानिसहरूलाई एक आपसमा एकता कायम राख्न सहयोगी हुनेछ,” पूर्वमन्त्री साहले भने ।
संघले असोज २८ गतेदेखि कार्तिक १ गते गरेको पाँच दिने फूल एक्स्पोमा करिब ४० हजारले अवलोकन गरेको जनाएका छन् । न्यानका अध्यक्ष रामप्रसाद तिमल्सिनाले एक्स्पोमा १ करोड भन्दा बढी आर्थिक कारोबार भएको बताए ।
उनका अनुसार एक्स्पोमा वनस्पति विभाग, पुष्प विकास केन्द्र तथा प्रतिस्पर्धीका स्टललगायत गरी ७० स्टल सहभागी थिए ।
एक्स्पोमा फूल फुल्ने तथा नफुल्ने फूलका बिरुवाका साथै कृषि तथा वन र जडिबुट्टी लगायतको बिक्री वितरणका लागि राखिएको थियो ।









Leave a Reply