2025-10-27

नेपालमा जस्तो अवसर कतै देख्दिनँ : अध्यक्ष ढकाल

टेक्सस (अमेरिका) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अपार सम्भावना र अवसरहरू रहेको बताएका छन्। अमेरिकाको टेक्ससमा शनिबार आयोजित ‘हिमालयन कन्क्लेभ’ मा बोल्दै उनले नेपाललाई लगानीका लागि उत्कृष्ट गन्तव्यका रूपमा चित्रण गरे।

“नेपालमा सम्भावना छैन, पुँजी छैन, वातावरण छैन भन्ने कुरा म निरन्तर सुनिरहन्छु,” अध्यक्ष ढकालले भने, “तर मैले नेपालमा जस्तो अवसर र सम्भावना अन्त कतै देखेको छैन।”

उनले अझै पनि नेपालमा थुप्रै क्षेत्रहरू अन्वेषण गर्न बाँकी रहेको उल्लेख गर्दै भने, “हामीले खासै केही गरेका छैनौं। जतिसुकै खोज्यो, त्यति नै अवसर भेटिन्छ। त्यसलाई सम्भव बनाउन हामी सबै लाग्नुपर्छ।”

ढकालले नेपालमा लगानीमैत्री वातावरण नभएको भन्ने धारणा असत्य भएको दाबी गर्दै अमेरिकामा रहेका नेपाली तथा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे। “नेपाल उद्योग वाणिज्य महासंघको पहलमा हालसम्म ३० भन्दा बढी कानुन संशोधन भइसकेका छन्,” उनले भने, “सरकारले निजी क्षेत्रको सहभागितामा गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्न थालेको छ।”

उनका अनुसार हालै स्वदेशी व्यवसायी र गैरआवासीय नेपालीहरूको साझेदारीमा १० अर्ब रुपैयाँको नेपाल डेभलप्मेन्ट पब्लिक लिमिटेड (एनडिपी) स्थापना गरिएको छ। “यसले नेपालमै डोमेस्टिक पुँजी परिचालन गरेर पनि ठूला लगानी सम्भव छन् भन्ने सन्देश दिन्छ,” उनले बताए।

वैदेशिक लगानी प्रवर्द्धन गर्न महासंघले ‘एफडिआइ हेल्प डेस्क’ स्थापना गरेको जानकारी दिँदै ढकालले लगानीकर्तालाई नेपालमा आउन आह्वान गरे।

हालै निजी क्षेत्रका प्रतिष्ठान र सम्पत्तिमाथि भएका आक्रमणबारे सोधिएको प्रश्नमा उनले भने, “८१ प्रतिशत अर्थतन्त्र र ८६ प्रतिशत रोजगारी दिने निजी क्षेत्रमाथि यस्ता आक्रमणले गलत सन्देश दिन्छ। यो अत्यन्तै निन्दनीय कार्य हो।”

ढकालले निजी क्षेत्रलाई नाफामुखी मात्र ठान्ने गलत मानसिकता हटाउनुपर्नेमा जोड दिए। “राजनीतिक दल, सरकार, कर्मचारीतन्त्र र आम नागरिक सबैमा निजी क्षेत्रप्रतिको सोचमा परिवर्तन आवश्यक छ,” उनले भने, “यदि यस्तो सोच परिवर्तन भएन भने भविष्यमा गम्भीर दुर्घटना हुन सक्छ।”

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

डब्लुएचओको चेतावनी : विश्वभर ३ अर्बभन्दा बढी मानिसमा स्नायु सम्बन्धी रोग, नीति अभावले संकट गहिरिंदै

सवारी दुर्घटनाबाट जोगिन नयाँ प्रविधि: थ्रीडी प्रिन्टेड ट्विस्टिङ मेटामेटेरियल

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

×