गहुँको परालबाट बनेको बायोचारले मकै उत्पादनमा उल्लेखनीय सुधार

नयाँ अध्ययनले गहुँको परालबाट बनेको बायोचारले कम पानी भएका अवस्थामा मकैको उत्पादनमा लाभ पुर्‍याएको छ ।  बायोचार जर्नलमा प्रकाशित अनुसन्धान अनुसार बायोचारको दीर्घकालीन प्रभाव त्यसको निर्माण सामग्रीमा निर्भर हुनेछ ।

चीनको नर्थवेस्ट एन्ड एएफ युनिभर्सिटी र डेनमार्कको युनिभर्सिटी अफ कोपेनहेगनका वैज्ञानिकहरूले ग्रीनहाउसमा २०२१ र २०२२ मा गरिएको प्रयोगमा गहुँको पराल र सफ्टवुडबाट बनेको बायोचारको तुलना गरेका थिए। तीन प्रकारका सिँचाइ विधिहरु पूरा सिँचाइ, कम सिँचाइ र वैकल्पिक जरा सिँचाइ अन्तर्गत मकैमा बायोचारको प्रभाव परीक्षण गरे।

सो अनुसार गहुँ पराल बायोचारको प्रभाव मकैको कुल बायोमास ३०% ले वृद्धि भएको देखिएको छ । त्यस्तै, पानी प्रयोगको दक्षता २७% ले सुधार र नाइट्रोजन प्रयोगको दक्षता १०% ले बढेको थियो। 

यी लाभहरू माटोमा सूक्ष्मजीवहरूको सक्रियता र नाइट्रोजनको उपलब्धता बढेको कारण देखिएको अनुसन्धाकर्ताले उल्लेख गरेका छन्। यसले जराको विकास र पोषण ग्रहण गर्न प्रोत्साहन गरेको छ ।

योसँगै सफ्टवुड बायोचारले पहिलो वर्षमा सूक्ष्मजीवहरूको श्वसन र नाइट्रोजन उपलब्धता घटाएको देखियो । जसले कमजोर जरा प्रणाली र कम उत्पादन ल्याएको थियो । तर दोस्रो वर्षमा माटोको सूक्ष्मजीवमा स्थिर कार्बन संरचनाको अनुकूलन गरेपछि असर कम भएको उल्लेख छ ।

अनुसन्धानमा उल्लेख भएअनुसार वैकल्पिक जरा सिँचाइ विधिले माटोमा सुक्खा र भिजाइको चक्रलाई बढावा दिँदै पोषण तत्वहरू मुक्त गराउने सूक्ष्मजीवहरूलाई सक्रिय बनाएको छ। यो विधि गहुँ पराल बायोचारसँग मिल्दा अझ प्रभावकारी भएको हो ।

मुख्य लेखक हेङ वानले भने, “एकपटक प्रयोग गरिएको गहुँ पराल बायोचारले सटीक सिँचाइसँग मिलेर बहुवर्षीय लाभ दिन सक्छ। यसले माटोको उर्वरता र बाली उत्पादन कायम राख्न सहयोग गर्छ, साथै पानी र मलको प्रयोग घटाउँछ।”

अनुसन्धानकर्ताहरूले सिँचाइ बचत गर्ने विधिसँग बाली अवशेषबाट बनेको बायोचारलाई समावेश गर्न सिफारिस गरेका छन्। यो रणनीति सुक्खा क्षेत्रको कृषि प्रणालीमा दीर्घकालीन खाद्य सुरक्षाका लागि उपयोगी हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

×