काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

भक्तपुर । भौतिक शास्त्रमा अंकगणितीय समाधान गर्ने सीपले हामीलाई वास्तविक संसारका समस्याहरूको समाधान खोज्न कसरी मद्दत गर्छ? यो सबैको चासोको विषय बन्न सक्छ। यसै आधारमा भनिन्छ: भौतिक विज्ञानले मानिसको दैनिकीलाई सहज बनाएको छ।

भौतिक शास्त्रमा आधारित सीपले हामीलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारिक समाधानमा रूपान्तरण गर्न मद्दत गर्ने बताइन्छ।विज्ञहरूका अनुसार विज्ञानलाई केवल अध्ययनको विषय होइन, जीवन सुधार गर्ने उपकरण उत्पादन गर्ने तरिका पनि एक हो । यसका लागि विद्यार्थीका लागि वास्तविक संसारका समस्याहरू बुझ्न र समाधान गर्नको लागि आधारभूत ज्ञान मानिन्छ ।

यसैका आधारमा भन्ने हो भने,  मुख्यगरी भौतिक शास्त्रले पूर्वानुमान,  इन्जिनियरिङ र प्रविधि, दैनिक जीवनका समस्या, ट्राफिक गणना, मोबाइल जिपिएस र खानाका परिकारजस्ता कुराहरूमा सहजीकरण गर्न मद्दत मिल्ने हुन्छ। त्यसकारण पनि विज्ञहरुले व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षा हुन पर्ने जोड दिएका छन् ।

काठमाडौँ वर्ल्ड स्कुलले इन्स्टिच्युट अफ फिजिक्स (आइओपी), नेपाल भौतिक शास्त्र समाज, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस, प्यावसन सूर्य विनायक र डायनामिक एडुकेशनसँग सहकार्य गरी सूर्य विनायक नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूका लागि दुई दिने कार्यशाला आयोजना गरिएको छ। सो कार्यशालामा करिब सत्तरी विद्यार्थीहरु सहभागी भएका छन्।

काठमाडौँ वर्ल्ड स्कुलका एकेडेमिक डिरेक्टर याङ्किला लामाले भनिन्, “हामीले हाम्रो स्कुलमा विभिन्न रचनात्मक क्रियाकलाप गरिरहेका हुन्छौँ । तर हाम्रा लागि विज्ञान प्रविधिका गतिविधि विशेष महत्त्व राख्दछ।”

उनले बालबालिकालाई कक्षा १ देखि नै व्यवहारिक ज्ञानमा आधारित शिक्षा दिनु पर्नेमा जोड दिइन । “शिक्षा महत्त्व तथा निरन्तरता पहिले देखि भएको पाइन्छ,” उनले भनिन्, “तर समयअनुसारको शिक्षा अहिलेको माग हो, जुन हामीले बालबालिकालाई दिनु पर्दछ।”

यस किसिमको रचनात्मक क्रियाकलापले विद्यार्थीहरूका लागि जीवन उपयोगी शिक्षा हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) सूर्य विनायकका अध्यक्ष विनोद काफ्लेले बताए । फरक प्रसङ्गमा उनले भने, “विद्यार्थीहरूको भविष्य सुनिश्चितता तथा निजी विद्यालयका सम्पत्ति संरक्षण र शिक्षासम्बन्धी हकहितका लागि आवाज उठाउँदै आइरहेको छ।

नेपाल भौतिक समाजका सचिव डा. मनोज कुमार ठाकुरले हाम्रा वरपर जति पनि बस्तुहरू छन् ती सबै भौतिक विज्ञानका नियममा आधारित भएको उल्लेख गरे। उनले भने, “ऊर्जा र स्रोत व्यवस्थापनमा बिजुली उत्पादन वा उपभोगमा अंकगणित प्रयोग गरेर दक्षता बढाउन सकिन्छ।”

त्यस्तै, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (कायस)का अध्यक्ष डा‍. बसन्त गिरीले विगतमा हामीले प्रयोग गर्ने मास्कले काम गरेको छ वा छैन भन्ने अनुसन्धान गरेको उल्लेख गरे । उनले भने, “मानिसले प्रयोग गर्ने प्लास्टिकका कणहरू मानिसको मस्तिष्क तथा शरीरमा प्रवेश पाएको अवस्था छ । यो आँखाले देख्न नसक्ने सूक्ष्म प्लास्टिकका कण ‘माइक्रो प्लास्टिक’ ले समस्या निम्त्याएको विभिन्न अनुसन्धान देखिसकेको छ। नेपालमा उनले गरेको अनुसन्धानमा पनि देखिएको उल्लेख गरे।

उनले थप भने, “भौतिकशास्त्र र गणितले प्रकृतिलाई बुझ्न मद्दत गरिरहेको छ, जसले मानिसलाई सृर्जनशील बनाउँछ ।” उनले कायसले पछिल्लो समय नेपालमा खाने नुनमा आयोडिनको मात्रा बढी भएको अनुसन्धानद्वारा पुष्टि गरेको बताए ।

जीवन उपयोगी शिक्षा

दैनिक जीवनमा  अम्ल ‘एसिड’ र क्षार ‘बेस’ बुझ्न त्यतिकै महत्त्व छ। जस्तै: सुन्तला अमिलो भएकै कारण अम्लीय मानिन्छ । विज्ञानको सहाराले त्यसलाई कसरी पुस्टी गरिन्छ, त्यो विद्यालय तहका विद्यार्थीका लागि सरल उपाय भनेको ‘लिटमस पेपर टेस्ट’ द्वारा गरिन्छ । त्यस किसिमको ज्ञान फैलाउँदै थिइन, कायसका अनुसन्धानकर्ता अलिशा बोगटी।

त्यस्तै, कायसबाट मेन्टरको रूपमा आएकी आयुषा उप्रेतीले ‘माइक्रो प्लास्टिक’ले स्वास्थ्यमा पार्ने असरका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउँदै थिइन। उनले माइक्रो प्लास्टिकमा अनुसन्धान गरेकी बताइन् ।

उनले भनिन्, “ल्याबमा माइक्रो प्लास्टिकको अनुसन्धानमा ‘स्टेरियो माइक्रोस्कोप’ को किन (?) र कसरी प्रयोग गर्ने विद्यार्थीलाई प्रयोगद्वारा सिकाइनेछ । त्यसपछि डेटा प्रशोधन विधि र सफ्टवेरका बारेमा सिकाइने उनले उल्लेख गरिन।

कायसबाटै आएका वायुको गुणस्तर मापनमा अनुसन्धानरत सपना भुजेल पनि विद्यार्थीहरूलाई वायु प्रदूषणका बारेमा कार्यशालाका कक्षा कोठामा जानकारी गराउँदै थिइन। उनले नेपालमा वायु प्रदूषणको अवस्था तथा त्यसबाट मानव स्वास्थ्यमा पार्ने असरका बारेमा प्रकाश पारिन । उनले भनिन्, “सूक्ष्म प्रदूषणका कण एक प्रकारका पार्टिकुलेट म्याटर छोटकरीमा पीएम १० र पीएम २.५ जस्ता धुलाका कणले मानिसको फोक्सोसम्म पुग्ने बताइन् । जसबाट क्यान्सरसमेत हुनसक्छ ।

उनका अनुसार वायु प्रदुषणको अध्ययन गर्न किन आवश्यक छ र कसरी अनुसन्धान हुनेछ, सिकाइनेछ।

सूर्य विनायक नगरपालिका वडा नं. ७ मा अवस्थित लिटिल गार्डेन सेकेण्डरी स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा दिया खत्रीले माइक्रो प्लास्टिकका बारेमा विस्तृत ज्ञान हासिल गरेकी बताइन । भविष्यमा चिकित्सा क्षेत्रमा लाग्ने सोचमा रहेकी विद्यार्थी खत्रीले माइक्रो प्लास्टिकले वातावरण मात्र नभई मानव स्वास्थ्यमा पारेको असरका बारेमा जानकारी भएको बताइन ।

उनले भनिन्, “माइक्रो प्लास्टिकका समस्या पूर्ण रुपमा समाधान गर्न नसकिएता पनि कसरी त्यस खाले समस्या भन अवश्य कम गर्न सकिनेछ।

ध्वनि तरङ्गबाट सङ्गीत

काठमाडौँ इन्जिनियरिङ कलेज कालीमाटीमा इन्जिनियरिङ अध्ययन गर्दै गरेको खगेन्द्र कुमार शर्माले भौतिक विज्ञानको सिद्धान्तमा आधारित कुरा दैनिक जीवनमा कसरी अवलोकन गर्न सकिन्छ भनेर सिकाउँदै थिए । उनका अनुसार एउटा कुनै गतिशील पार्टिकल छ, त्यसको कुनै भिजुअल छ भने त्यस पार्टिकलको ‘पोजिसन’ र गतिका आधारमा म्युजिक कसरी बन्छ भन्ने जानकारी लिन सकिनेछ ।

“पोजिसन, गति र मोमेन्टमका आधारमा कसरी ध्वनिको प्रतिनिधित्व गर्दछ भन्ने व्यवहारिक ज्ञान सिकाइनेछ,” उनले भने।

उनै शर्माले कार्यशालामा सिकाएका विद्यार्थी समन ढकालले भनिन्, “पहिलो दिनको कार्यशालामा ध्वनि विज्ञान, तरङग लम्बाईबाट कसरी म्युजिक बन्छ त्यस कुरा जानकारी हासिल गरे। उनी भविष्यमा खगोल शास्त्र अध्ययन गर्ने मनोकाङ्क्षा बोकेकी माउन्ट भ्यू स्कुल बालकोट भक्तपुर कक्षा १० मा अध्ययनरत छात्रा हुन ।

उनले पहिलो पटक यस किसिमको कार्यशालामा सहभागी हुँदा आफूलाई भौतिक शास्त्रका नयाँ कुरा सिक्न पाएकी बताइन । उनी खुसी देखिन्थेँ ।

सवारी साधनको गणना:

भौतिक शास्त्रका नियमको परिधिमा रहेर कारको गति निकाल्न दूरी र समय प्रयोग हुन्छ। यसले ट्राफिक नियम पालन गर्न र दुर्घटना रोक्न मद्दत गर्नेछ । सरल रूपमा यसलाई बुझ्न जरुरी नै हुनेछ । त्यस किसिमको ज्ञानको दायरा बढाउँदै थिए— काठमाडौँ वल्ड स्कुलमा ए लेभल अध्ययन पुरा गरेका ग्रिस चौलागाई ।

उनले रोड सेफ्टी मापन गर्ने टुल्समा सैद्धान्तिक भौतिक शास्त्रका कुरा कसरी प्रयोग हुनेछ सिकाउन लागेको बताए । सडकमा ‘रोड गन’को प्रयोग किन गरिन्छ, र हामी सडक दुर्घटना कसरी गरिने भन्ने कुरा कक्षा ९ र १० का विद्यार्थीलाई सिकाइने उनले बताए ।

इन्जिनियरिङ र प्रविधि:

पुल, भवन, वा मेसिन डिजाइन गर्दा बल र तनावको गणना अंकगणितीय समीकरणमार्फत हुन्छ। त्यसका अलावा भवन डिजाइन गर्न गुरुत्वाकर्षण, बल र ऊर्जा समीकरण प्रयोग गरेर भवनलाई भूकम्प प्रतिरोधी बनाउन सकिन्छ। यसले संरचना सुरक्षित बनाउने इन्जिनियरहरू बताउँछन् ।

त्यस्तै, मेसिन डिजाइनमा गियर, मोटर वा टर्बाइनमा बल र गति गणना गरेर दक्षता बढाउन सकिनेछ ।

थापाथली इन्जिनियरिङ कलेजमा आर्किटेक्चर सकाउने तरखरमा रहेकी उमेशा मैनालीले भूकम्पीय जोखिमका क्षेत्रमा भवनहरूले निम्त्याउने असुरक्षा र त्यसको समाधान केके हुन्छन् भने सिकाउँदै थिइन। उनले भनिन्, “हाम्रो जस्तो भूकम्पीय जोखिमको भएको मुलुकमा यस कुराका जानकारी भएमा भविष्यमा घर बनाउँदा थप सावधानी अपनाउन वा भूकम्पीय जोखिममुक्त संरचना बनाउन उपयोगी हुनेछ।

त्यस्तै, क्याथफोर्ड इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजबाट सिभिल इन्जिनियरिङ सकेका सञ्जोक समाल मगरले पहिरो विज्ञानका विषयमा व्यवहारिक ज्ञान दिँदै थिए। यसको रोकथाम र उपायमा छलफल तथा पहिरो अवलोकन गर्ने बताए ।

कार्यशाला संयोजक रिजेन्द्र थापाले भने, “यस कार्यशालाले विद्यार्थीहरूलाई भौतिक शास्त्रमा आधारित सङ्ख्यात्मक समस्या समाधान गर्ने सीपलाई वास्तविक समुदायका चुनौतीमा लागू गर्न सक्षम बनाउन मद्दत गर्नेछ। नेपालमा आधारभूत भौतिक शास्त्रका ज्ञान दैनिक प्रयोगमा आएका भए पनि त्यसलाई विद्यार्थीहरूमाझ पुर्‍याउन नसकेको जिकिर गरेँ ।

उनले भने,  “विद्यालय पाठ्यक्रममा भएका भौतिक शास्त्रका ज्ञानलाई थप सहयोगी हुने कार्यशालाको आयोजना गरिएको हो ।”

उनका अनुसार सूर्य विनायक नगरपालिका आसपासका करिब ७० विद्यार्थी लाभान्वित हुने जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×