
काठमाडौं, पुस ४। नेपालमा वुड, इन्टेरियर तथा फर्निचर क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२ भृकुटीमण्माडपमा शुक्रबारदेखि सुरु भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले संयुक्त रुपमा आयोजना गरेको एक्स्पो पुष ४ देखि ६ गतेसम्म चल्नेछ ।
सो प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा अन्य उत्पादन तथा सेवासम्बन्धी १ सय भन्दा बढी कम्पनीहरूले सहभागिता जनाएका छन् । प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन तथा प्रविधिहरू प्रदर्शनीमा राखेका छन्।
यस वर्षको एक्स्पोमा नेपालका साथै भारत, चीन, बंगलादेश, जर्मनी, टर्की लगायतका देशका कम्पनीहरूले पनि सहभागिता जनाएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार नेपाल वुड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पोमा सहभागी कम्पनीहरूले नेपालमा उपलब्ध उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सम्भावनाबारे छलफल हुनेछ।
प्रदर्शनीले नेपालमा वुड, इन्टेरियर तथा फर्निचर क्षेत्रको विकासमा महत्वपूर्ण योेगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, यसले उद्योगी व्यवसायीलाई नयाँ अवसर सिर्जना गर्ने र उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एस्सोसियेशनले सहयोगी संस्थाको भूमिकामा रहेका छन ।


Leave a Reply