एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २८औँ वार्षिक साधारण सभा आइतबार नक्सालस्थित ललितकला प्रज्ञा–प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको छ।

प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले फोटोग्राफीलाई समाजमा सबैभन्दा सरल, छिटो र प्रभावकारी सञ्चार माध्यमको रूपमा उल्लेख गर्दै यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

सभामा वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राख्नुभयो भने अध्यक्ष प्रदीपराज वन्तले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम तथा संस्थागत रणनीतिहरूबारे जानकारी गराए।

अध्यक्ष वन्तले आगामी कार्यकालमा फोटो पत्रकारहरूको सामाजिक सुरक्षा, व्यावसायिक सशक्तिकरण र क्षमता विकासलाई प्राथमिकतामा राखी संगठनलाई अझ समावेशी र सुदृढ बनाउने लक्ष्य रहेको बताए ।

महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गतिविधिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संगठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति भएको जानकारी दिए । उनले आगामी दिनमा पेशागत सुरक्षा र डिजिटल क्षमताको अभिवृद्धिलाई थप सशक्त बनाइने उल्लेख गरे।

त्यसैगरी पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ एनएफपिजेका सचिव प्रविन कुलुङ राईलाई प्रदान गरिएको छ भने ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एनएफपिजेले सदस्यहरूको सक्रिय सहभागिता, शुभेच्छुकहरूको साथ–सहयोग, सुझाव, स्वस्थ आलोचना तथा खबरदारीमार्फत संगठनलाई अझ सशक्त, जिम्मेवार र परिपक्व बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

अविरल वर्षा तथा बाढी–पहिरोबाट बीमा दाबी ७९०, हालसम्म ९६ दाबीमा करिब ११ करोड भुक्तानी

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

×