काठमाडौं, पुस २२। ज्योति विकास बैंक लिमिटेडले सिन्धुपाल्चोकस्थितभोटेकोशी हेली रिसोर्टसँग सम्झौता गर्दै आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
भोटेकोशीको रमणीय प्राकृतिक सौन्दर्य, स्वादिष्ट परिकार र उत्कृष्ट आतिथ्य सेवाका कारण उक्त रिसोर्टले छोटो समयमै पर्यटकको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा पहिचान बनाएको छ।
बैंकले संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाले गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर नागरिकको हितलाई प्राथमिकतामा राखेको बैंकले जनाएको छ।
नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि बैंकले सञ्चालन गरेको न्यानो नानी कार्यक्रममार्फत हरेक वर्ष २५९० भन्दा बढी शिशुको जीवन रक्षा भइरहेको छ।
गत आर्थिक वर्षमा बैंकले राष्ट्रको कर राजस्वमा ४१ करोड रुपैयाँ योगदान पुर्याएको तथ्याङ्क सार्वजनिक गरिएको छ।
हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ।

Leave a Reply