
काठमाडौं, माघ २९ । ग्रामीण तथा अर्ध-सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम प्रवर्द्धनका उद्देश्यले स्थापित ‘रिभोल्भिङ फण्ड’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ।
सस्टेनेबल इकोनोमिक डिभलपमेन्ट इन रुरल एण्ड सेमी अर्वान एरीयाज्(सेडरा) परियोजना अन्तर्गत जर्मन डिभलपमेन्ट व्यांक (केएफडब्लु)को वित्तीय सहयोगमा स्थापना गरिएको उक्त कोष सञ्चालनका लागि २०८२ साल माघ २७ गते मंगलबार समझदारी-पत्रमा हस्ताक्षर गरिएको हो।
नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक शिखा अधिकारी रेग्मी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेको थियो।
समझदारी कार्यक्रम संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत, नेपाल राष्ट्र बैंकका गभर्नर, परियोजना तथा बैंकका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१३ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम तथा ९९ शाखा रहित बैंकिङ्ग सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

Leave a Reply